तमुवान प्रदेशको माग गर्दै तमुवान संयुक्त संघर्ष समितिले आह्वान गरेको तमुवान बन्द पोखरेलीले अवज्ञा गर्दै ¥यालीमा सहभागी पोखराका उद्योगी व्यवसायी तथा सर्वसाधारण सडकमा उत्रिए । ठूलो संख्यामा मोटरसाईकल र गाडी सहित ¥यालीमा सहभागिले पोखरा सधै खुल्ला छ, गरिखान देउ, बन्द सधैंका लागि बन्द गरांै लगायतका प्लेकार्ड सहित नाराबाजी गरेका थिए । पोखरा उद्योग वाणिज्य संघ गैह्पाटनबाट सुरु भएको ¥याली पोखराका बिभिन्न स्थानको परिक्रमा गरी पुनः सोहि स्थानमा पुगेर टुङ्गिएको थियो । ¥यालीपछि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष बिन्दुकुमार थापाले बन्द हड्ताल सधैंका लागि अन्त्य गर्नुपर्ने बताउँदै नेपालको नयाँ संबिधान जारी भएकाले देश अब आर्थिक सम्बृद्धिको बाटोमा लैजानुपर्ने अवस्थामा कुनैपनि बन्द हड्ताललाई पोखरेलीले अवज्ञा गर्ने स्पष्ट पारे ।
यसैबीच पोखरा लगायतका क्षेत्रमा तमुवानको माग गर्दै गरिएको बन्दका कारण जनजीवन प्रभावित भयो । बन्द गराउदै हिड्ने तमुवानका २५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो । जातीय पहिचान सहित तमुवान प्रदेशको माग गर्दै आवाहन गरिएको बन्दले जनजीवन प्रभावित भएको हो । बन्दका कारण उद्योग, कलकारखाना बन्द छन् भने केही मात्रामा पसलहरु खुले । बन्दकर्ता सडकमा निस्कने बित्तिकै प्रहरीले पक्राउ गर्न नीति बनाएपछि सडकमा बन्दकर्ताहरु छैनन् । बन्द कर्ता नभए पनि लामो तथा छोटो दुरीका सार्वजनिक यातायात संचालन हुन सकेन्न् । यसैबीच तमुवान संयुक्त संघर्ष समितिले सोमबार आह्वान गरिएको तमुवान बन्दका क्रममा आन्दोलनमा जबर्जजस्ती धरपकड गरिएको भन्दै विरोध गरेको छ । संघर्ष समितिका सचिव गजेन्द्र सुब्बाले सोमबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै समितिका संयोजक एवं आन्दोलनका कमाण्डरसहित नेता तथा कार्यकर्तालाई विना सोधपुछ गिरफ्तार गरिएकोमा आपत्ति प्रकट गरेका छन् । गिरफ्तार गरिएका सबै नेता तथा कार्यकर्तालाई सोमबार बेलुकी पाँच बजेसम्ममा रिहाइका लागि समितिले अल्टिमेटम समेत दिएको छ । विज्ञप्तिमार्फत् शान्तिपूर्ण आन्दोलनका क्रममा गिरफ्तारमा परेका सबै नेता तथा कार्यकर्तालाई विनाशर्त रिहाइ नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिँदै सचिव सुब्बाले मागको सुनुवाइ नभए तमुवानमा समानान्तर सरकार बनाउने चेतावनी समेत दिएका छन् ।
‘हाम्रो शान्तिपूर्ण आन्दोलनका क्रममा उपस्थित भएका हाम्रा नेता तथा कार्यकर्ताहरूलाई आन्दोलनका क्रममा कुटपिट तथा लछारपछार गरी कार्यकर्ताहरूलाई अमानवीय व्यवहारसहित गरेको धरपकडप्रति हामी गम्भीर आपत्ति प्रकट गर्दछौं’, विज्ञप्तिमा भनिएको छ,–‘हाम्रो विनम्र मागलाई बेवास्ता गरिएमा अनिश्चितकालिन तमुवान बन्दसहित तमुवान प्रदेशमा समानान्तर सरकारसम्म निर्माण गर्न बाध्य हुनेछौं, जसको जिम्मेवारी यो नौटंकी श्री ३ सरकारका मतियार भरौटेहरूले लिनुपर्नेछ ।’
Post a Comment