0
गोल्डेन न्यूज संवाददाता
कालिका उच्च माविमा शिक्षकहरुका लागि तीन दिने कार्यशाला सम्पन्न भएको छ । चिल्डे«न–नेपाल र कालिका उच्च मा.वि. को संयुक्त आयोजनामा भएको कार्यशाला शान्तिका उपायहरू तथा हिंसाका विकल्प सम्बन्धमा केन्द्रित रहेको थियो । तालिममा कालिका उच्च मा वि.मा अध्यापनरत प्राथमिक र निम्न माध्यामिक तहका २० जना शिक्षकको सहभागिता रहेको थियो । कार्यशालालाई चिल्डे«न–नेपालका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक रामचन्द्र पौडेल, कार्यक्रम व्यवस्थापक शारदा शर्मा र रमेश सुवेदीले सहजीकरण गरेका थिए । कालिका उ.मा.वि. का प्राचार्य बलराम गिरीको अध्यक्षतामा भएको समापन समारोहका प्रमुख अतिथि नेपाल सरकारका पूर्व सहसचिव तथा उच्च माध्यामिक शिक्षा परिषदका पूर्ण सदस्य सचिव भिमलाल गुरुङले कार्याशालामा सिकेका ज्ञानहरूलाई आफ्नो जीवन शैली र विद्यालय कक्षा कोठामा प्रयोग गर्न आग्रह गरे । कार्यशालामा सहभागी नारायण शर्मा र लेकमाया थापाले कार्यशालाबाट सिकेका कुरा व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा विद्यालयका प्रा.वि. इन्चार्ज विजया लक्ष्मी कोइराला, मुख्य सहजकर्ता रामचन्द्र पौडेल,रमेश सुवेदी लगायतले बोलेका थिए ।  कास्की पर्वत र तनहुँमा सञ्चालन गरिएका यस्ता कार्यशाला आगामी दिनमा पनि गर्ने योजना रहेको चिल्डेन नेपालले जनाएको छ ।

Post a Comment

 
Top