0
गोल्डेन न्यूज संवाददाता
प्रहरी स्रोतले बताएअनुसार बादल हत्या लगत्तै प्रकाश गुरुङले आफ्नो बा१२च ३२८० नम्बरको गाडी त्यहिं छोडे र विश्वास गौतम सहित भागेर कोत्रे पुगे । कास्की र तनहुँको सीमा कोत्रेबाट उनीहरु दुबैलाई दुलैगौंडाका चन्द्रबहादुर थापा मगरले साथ दिए र आफ्नो गाडीमा राखेर नवलपरासी पु¥याए । त्यहाँ पुगेपछि नवलपरासी गैंडाकोटका भरत पौडेलले पनि साथ दिए । त्यसपछि पौडेल गुरुङ र गौतमलाई साथमा लिएर भैरहवा पुगे जहा वीरेन्द्र कुमार राना मगर उनीहरुलाई साथ दिन पर्खेर बसेका थिए । प्रकाश, विश्वास, भरत र वीरेन्द्र चार जना मिलेर सुनौली गोरखपुरसम्म पुगे । गोरखपुरबाट भरत फर्किए । त्यसपछि बाँकी तीन जना लखनउतर्फ लागे । लखनउमा पुगेर उनीहरु एउटा होटलमा बसे । हत्यापछि आफ्नी श्रीमती, छोरी र  पे्रमिका समेत छोडेर गएका प्रकाश त्यहाँ टिक्नै सकेनन् । त्यसपछि उनी पुनः पोखरा फर्किए र लेकसाईडको एउटा होटलमा दुई दिनसम्म बसे । त्यति बेलासम्म भरत पौडेल पक्राउ परिसकेका थिए । उनकै बयानको आधारमा प्रहरीले प्रकाशको प्रेमिकाको बारेमा समेत पत्ता लगायो । भरतले आफूसँगै हँुदा पनि पे्रमिकासँग अधिकांश समय बिताउने प्रकाशको आनी–वानी प्रहरीलाई बताए । पे्रमिकाको लागि पोखरा फर्किएर आएको थाहा पाएको प्रहरीले प्रकाशलाई नियन्त्रणमा लिन उनको पे्रमिकाकै प्रयोग ग¥यो । प्रेमिकालाई जिल्ला प्रहरी कार्यालयमा ल्याएको प्रहरीले त्यहिंबाट प्रकाशलाई सम्पर्क गर्न लगायो । तर प्रकाशले शंका गरेपछि प्रहरीले उनलाई चारैतिरबाट प्रहरीले घेरेको र आत्मसमर्पण गर्नुनै बेस हुने जानकारी गरायो । त्यसपछि उनले आफू काजीपोखरी स्थित साथीको कोठामा रहेको बताए । र प्रहरीको भनाई अनुसार बाहिर निस्किए अनि प्रहरीले उनलाई भदौ ८ गते पक्राउ गर्न सफल भयो । त्यस्तै लखनउमा रहेका वीरेन्द्र राना र विश्वास गौतमको बारेमा प्रहरीले भारतीय प्रहरीसंग सहयोग माग्यो । भारतीय प्रहरीले उनीहरु बसेको होटल पत्ता लगाई भदौ ६ गते नियन्त्रणमा लियो र कास्की प्रहरीलाई जानकारी गरायो । प्रहरी टोली सुनौली पुगेर उनीहरु दुबैलाई कास्की ल्यायो । घटनामा संलग्न राजु रानाभाट घटनाको भोलिपल्ट साउन २९ गते नै पक्राउ परेका थिए । त्यस्तै बले भनिने अशोक गुरुङ पनि लेखनाथबाटै पक्राउ परे । हत्यामा प्रत्यक्ष संलग्न रविन केसी सहित झण्डै ५ जना तराईकै जिल्लाहरुमा लुकेर बसेको प्रहरीको आशंका छ । तर अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका कांग्रेस लेखनाथ नगर सभापति राजेन्द्रमणि लामिछानेको पनि अहिलेसम्म प्रत्यक्ष कुनै भूमिका नदेखिएको स्रोतले बतायो । प्रहरी स्रोतका अनुसार विहीवारको पत्रकार सम्मेलनमा घटनामा प्रत्यक्ष संलग्नताको पुष्टि भएकालाई मात्रै सार्वजनिक गरिएको हो । लामिछानेलाई केही दिनको अनुसन्धानपछि तारेखमा छाड्ने तयारी भैरहेको स्रोतले बतायो । कास्की कांग्रेसका नेताहरु दिनहुँ जिल्ला प्रहरी कार्यालय कास्कीमा पुगेर जानकारी लिने गरेका छन् । विहीवार साँझ कांग्रेस नेता शुक्रराज शर्मा, पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाश मोहन खनाल लगायत कांग्रेस नेता कार्यकर्ता प्रहरी कार्यालय भित्रै थिए । दिनभर जिल्ला प्रहरी परिसर बाहिर कांग्रेस, नेता कार्यकर्ताहरुको ठूलो भिड लागेको पिस पोखरा डटकमले जनाएको छ ।


Post a Comment

 
Top