गोल्डेन न्यूज संवाददाता
नेपाली काङ्ग्रेस कास्कीले नेकपा एमाले कास्कीले पार्टीको वारेमा दिएको अभिव्यक्तिप्रति ध्यानकर्षण भएको जनाएको छ । नेपाली काङ्ग्रेस कास्कीका सभापति यज्ञबहादुर थापाद्धार शनिबार जारी गरेको विज्ञप्तिमा नेकपा एमाले कास्कीद्वारा प्रेसित वक्तव्य र आयोजित पत्रकार भेटघाटमा नेपाली काङ्ग्रेसका निष्ठावान संघर्षशील लोकप्रिय युवा नेता स्व.रामजी पौडेल बादलको हत्या प्रशंगमा व्यक्त आपत्तिजनक अभिव्यक्तिप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको हो । हत्या जस्तो अपराधिक कार्यको विरोध र भत्सना गरिनु स्वाभाविकै हो तर त्यसैको वाहानामा अर्को पार्टीको अनायकमा निन्दा गर्नु अनर्गल मिथ्या आरोप लगाउनु युक्ति संगत नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ । कास्की काङ्ग्रेसले नेकपा एमाले कास्कीको बारेमा केहि नबोलेकोमा अनुसन्धान कार्यमा जुटेको नेपाल प्रहरीको अनुसन्धानको रिपोटको कुनै प्रसंगलाई जोडेर पत्रकार सम्मेलन गरी कास्की काङ्ग्रेस र काङ्ग्रेसको नेतृत्वको विरुद्ध अनर्गल मिथ्या प्रचार गर्नु अस्वाभाविक मात्रै नभई विवेक र मर्यादाको ठाडो उल्लङ्घन हो–विज्ञप्तिमा भनिएको छ । लोकतन्त्रमा कुनै पनि अपराधिक कार्यको सत्य तथ्यमा आधारित भएर निष्पक्ष छानविन र अनुसन्धान गरी अपराधमा संलग्न व्यक्तिलाई कानुनको कठघरामा उभाएर दण्डित गर्ने दायित्व सम्वन्धित निकायको भएकोले कुनैपनि पार्टीले त्यस कार्यमा दख्खल दिन नहुने विज्ञप्ति मार्फत उल्लेख गरिएको छ । हाम्रो पार्टी हत्या जस्तो अपराधमा संलग्न व्यक्तिलाई संरक्षण दिन त के कल्पना समेत गर्न सक्दैन विज्ञप्तिमा भनिएको छ–हाम्रो पार्टीको सञ्चालन व्यवस्थापन कसरी गर्नुपर्दछ त्यो हामीलाई एमालेले सिकाईरहनु पर्दैन । हामी आफैले जान्ने कुरा हो । त्यसका लागि हामी आफै सक्षम छौं । संविधान निर्माण र सरकार सञ्चालनको मुख्य साझेदार नेकपा एमाल जस्तो जिम्मेबार पार्टीले आउदा दिनमा हाम्रो पार्टी विरुद्व अनर्गल प्रचार र वक्तव्यवाजी दोहो¥याउने छैन भन्ने विज्ञप्ति मार्फत अपेक्षा गरिएको छ ।
Post a Comment