0
स्व.गिरिजाप्रसाद कोइरालाको ९२ औ जन्म जयन्ती पारेर नेपाल महिला संघ कास्कीले शुक्रबार प्रवचन कार्यक्रममा सम्पन्न गरेको छ । कार्यक्रममा महिला संघ कास्कीको तर्फबाट राहात रकम समेत घोषणा गरिएको छ। कार्यक्रममा सहभागिहरु तथा नेपाल महिला संघ क्षेत्रीय, वडा संघहरुले दिएको रकम समेत गरि एक लाख दश हजार छ सय ५१ रुपैया संकलन भएको छ । उक्त रकम छिट्टै नै प्रधानमन्त्रीलाई हस्तान्तरण गर्ने नेपाल महिला संघ कास्कीकी सचिव सीता गुरुङले गोल्डेन न्यज दैनिकलाई जानकारी दिईन् । कार्यक्रममा सहभागिहरुले गिराजावावुकै कारण मुलुका गणतन्त्र आएको उल्लेख गरेका थिए । कार्यक्रममा बौल्दै प्रमुख अतिथि नेपाली काँग्रेसका पूर्व केन्द्रिय आमन्त्रित सदस्य शुक्रराज शर्माले आन्दोलनका नेतृत्वदायी भूमिकामा कोइराला रहेको बताए । गिरिजावावुको आवश्यकता अहिल्यै पनि उत्तिकै रहेको छ उनले भने–गिरिजावावु भएको भए दोस्रो संविधान सभाको निर्वाचन पनि आवश्यक पर्ने थिएन् । कार्यक्रममा नेपाली काँग्रेस कास्कीका पूर्व सभापति सोभियतबहादुर अधिकारी, नेपाली काँग्रेस पर्वतका सभापति लालकाजी गुरुङ, नेपाल महिला संघकी केन्द्रीय सदस्य आनन्दी राणा कार्की, ट्रेड युनियन काँग्रेसका केन्द्रिय वरिष्ठ उपाध्यक्ष रामजी कुँवर, पूर्व सभासद् कृष्णकुमारी परियार, नेपाली काँग्रेस कास्कीका सचिव युवराज कुँवर, नेपाल महिला संघ क्षेत्र नं.४ की सभापति खेमकुमारी गुरुङ, क्षेत्र नं.३ की सभापति शारदा गिरि, क्षेत्र नं.२ की सभापति अप्सरा श्रेष्ठ, नेपाल महिला संघ पोखरा उपमहानगर पालिकाकी सभापति माया बराल, लेखनाथकी लक्ष्मी पौडेल नेपाल महिला संघकी कोषाध्यक्ष दिलमाया कोइरालाले बोलेका थिए । नेपाल महिला संघ कास्कीकी सभापति कोपिला रानाभाटको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा उपसभापति गौरी सापकोटाले स्वागत र सचिव कमला बरालले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।

Post a Comment

 
Top