0
गोल्डेन न्युज, सम्वाददाता
लायन्स क्लव इन्टरनेशनलको अमेरिकाको होनोलुलु हवाईमा सम्पनन ९८ औ महाधिवेशनले आगामी कार्यकालका लागि जापानी नागरिक डाक्टर जिटसुहिरो यामाडालाई निर्वाचित गरेको छ भने नेपालको लायन्सको इतिहासमै पहिलोपटक इन्जिनियर संजय खेतान अन्तराष्ट्रिय डाइरेक्टर पदमा निर्वीरोध निर्वाचित भएका छन् । प्रथम भाइस पे्रसिडेन्ट,द्धितिय भाइस पे्रसिडेन्ट लगायत ४ जना अन्तराष्टिूय डाइरेक्टरमा निर्वाचत हुने लायन्स अन्तराष्टिूको प्रावधान अनुसार छिमेकी मित्र राष्टू भारतका नरेश अग्रवाल ,द्धितिय भाइस पे्रसिडेन्टमा निर्वाचित भएका छन् उनकालागि लायन्स अन्तराष्टिूयको पे्रसिडेन्टहुने बाटो खुलेको छ उनि सन २०१७÷०१८ का लागि अन्तराष्ट्रिय प्रेसिडेन्ट बन्ने छन् । अग्रवाललाई नेपालका लायन्सहरुको समेत साथ र समर्थन रहेको थियो । जुलाई २७  देखी ३० तारिख सम्म अमेरिकाको पर्यटकिय शहर हवाईमा सम्पन्न ९८ औ महाधिवेसनले लायनवादको इतिहासमानै पहिलोपटक नेपालका तर्फवाट ईन्जिनियर संजय खेतानलाई लायन्स क्लव अन्तराष्टिूय डाइरेक्टरमा आगामी दुई बर्षे कार्यकालकालागि साउथ एशिया तथा ईस्ट अफ्रिकाका ६४ मुलुकको लिडरकारुपमा निर्वाचित गरेको हो । सन १९७१ मा पूर्व प्रधानमन्त्री मात्रिका प्रसाद कोइरालाको अध्यक्षतामा “लायन्स क्लव अफ बिराटनगर” को स्थापना गरि  लायन्सको माध्यवाट सामाजीक क्षेत्रमा  बिभिन्न क्लवहरुको स्थापना गरि कार्य  गर्दै आएको चार दशक बितिसक्दा पनि नेपालका तर्फवाट लायन्स अन्तराष्टिूयमा प्रतिनिधित्व हुन सकेको थिएन् ।लायन्स डिष्टिूक ३२५ नेपाल अन्तरगर रहेका करिव ७ सय क्लवहरुले शिक्षा,स्वास्थ्य,वातावरण, जनचेतना अभिबृद्धी खेलकुद र महाविपत्ति लगायत विभिन्न महाविपत्तिहरुमा समेत अग्रपंतिमा रहेर मानविय सेवा गर्ने लायन्सको नेपालका तर्फवाट पहिलोपटक अन्तराष्टिूय डाईरेक्टरमा ईन्जिनियर संजय खेतान निर्वाचित भएर इतिहास रचेका हुन् । ०५६ सालमा “लायन्स क्लव अफ विरगंज आदर्शनगर ”को सदस्यका रुपमा प्रवेशगरि निरन्तर लायन्सका क्लव हुदै डिष्टिूक र मल्टीपलका विभिन्न पदहरुमा रहि जिम्मेवारी निर्वाह गर्दै नेपालको लायनवादको बिकाश र विस्तारमा सकृय रहेका खेतानले १६ बर्षको लामो अन्तराल पछी आफुलाई सो पदमा स्थापित गराउन सफल भएका हुन् ।

Post a Comment

 
Top