0
लेखनाथ नगरपालिकाको महिला लक्षित तथा वडास्तरीय कार्यक्रम अन्तर्गत लेखनाथके बेगनासमा राखिएको महिला स्वास्थ्य परीक्षण शिविरमा एक सय १२ महिलाले सेवा लिएका छन् । लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेलले उद्घाटन गरेको कार्यक्रममा  समूहकी अध्यक्ष लीलाबति थापा,  स्त्रीरोग विशेषज्ञ सुनिता तिमिल्सिना, समूहकी सदस्य दुर्गा तिवारी र गंगा तिवारी लगायतले रोग लाग्नु भन्दा पहिले नै रोग लाग्न नदिने उपाय अपनाउनुपर्ने बताए ।

Post a Comment

 
Top