0
गोल्डेन न्यूज संवाददाता
वन क्षेत्रमा लैंगिक समता तथा सामाजिक समावेशीकरणलाई सुनिश्चित गर्नको लागि महिला सहभागिता उल्लेख्य गराउनुपर्ने एक कार्यव्रmमका वक्ताहरुले बताएका छन् । स्ट्याण्डस नेपालका आयोजना तथा पश्चिमाञ्चल क्षेत्रिय वन निर्देशनालय तथा क्षेत्रिय वन तालिम केन्द्रको सहयोग तथा समन्वयमा भएको सो कार्यव्रmमका सहभागीहरुले यस्तो बताएका हुन् । क्षेत्रमा कार्यरत सरोकारवाला संगसंस्थाहरुको प्रतिनिधित्व गराई उनीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले बहुसरोकारवाला वन कार्यक्रम अन्तर्गत तीन दिने प्रशिक्षक प्रशिक्षण तालिमको पोखरामा सम्पन्न समापन कार्यव्रmममा बोल्दै स्ट्याण्डस नेपालका कार्यकारी निर्देशक विमलचन्द्र शर्माले समावेशीकरण का लागि खास गरी महिला सहभागितामा जोड दिनुपर्ने बताए । विभिन्न तालिम संचालन गर्नु पूर्व लैंगिक समता तथा सामाजिक समावेशीकरणको बिषयमा वन क्षेत्रलाई उपयोगी हुने गरी प्रशिक्षण पुस्तिका तयार गरिएको उनले जानकारी गराए । सो अवसरमा पश्चिमाञ्चल क्षेत्रिय वन तालिम केन्द्रका प्रमुख केदार बरालले समावेशीकारणका लागि तयार पारिएको तालिम प्रशिक्षण पुस्तिका निकै उपयोगि भएको बताए । ३ दिनसम्म सञ्चालित कार्यव्रmममा कपिलवस्तु, स्याङ्जा, बाग्लुङ, कास्की लगायतका जिल्लाका सहभागी सरोकारवाला हरुको सहभागिता रहेको थियो । कार्यव्रmममा वन क्षेत्रका बिज्ञ रामचन्द्र लामिछाने र डा. सरस्वती भारतीले समावेशीकरणका बारेमा सहजीकरण गरेका थिए । कार्यव्रmममा सहजीकरणका सीपहरु, विकासमा अधिकारमुखी अवधारणा, उद्यमशीलता र जीविकोपार्जन, दिगो वन व्यवस्थापन र लैंगिक समानता जस्ता बिषयबस्तुहरुका बारेमा छलफल गरिएको थियो ।

Post a Comment

 
Top