गोल्डेन न्यूज संवाददाता
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय भैरहवाको उपशाखा थकालीचोक, रुद्रपुरले विष्णुपुरा गा.वि.स.को गैडा ताल रुपन्देहीमा आध्यात्मिक जागृति सम्बन्धी प्रवचन,ं स्नेह मिलन एवं ब्रह्माकुमारी राजयोग पाठशालाको उद्घाटन सम्पन्न गरेको छ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय पश्चिम नेपालका केन्द्रीय सल्लाहकार, बनारस भारतका वरिष्ठ राजयोगी ब्रह्माकुमार दीपेन्द्र अधिकारीको प्रमुख आतिथ्यता तथा संस्थाका क्षेत्रीय प्रमुख ब्रह्माकुमारी शान्ति दिदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका केन्द्रीय सचिव ब्रह्माकुमार भूपेन्द्र अधिकारी, लुम्बिनी शाखा सञ्चालिका ब्रह्माकुमारी गीता, सूर्यपुरा शाखा सञ्चालिका ब्रह्माकुमारी शशी, ब्रह्माकुमारी नारायणी लगायतले मानवको व्यक्तिगत जीवन, परिवार तथा समाजको सकारात्मक परिवर्तनका लागि आध्यात्मिकताको महत्व बारे बोलेका थिए । विष्णुपुरा, गंैडाताल रुपन्देहीका स्थानीय वासिन्दाको रुचिलाई मध्यनजर गर्र्दै स्थानीय देवी पन्थीले निःशुल्क प्रयोगका लागि दिएको भवनमा सञ्चालन हुने गरी ब्रह्माकुमारी राजयोग पाठशालाको उद्घाटन गरिएको हो । ब्रह्माकुमारी राजयोग पाठशालामा प्रशिक्षण दिईने, समाजका सबै धर्म, जाति, वर्ग, उमेर र पेशाका व्यक्तिले सहजै अध्ययन र अभ्यास गर्न सक्ने, ईश्वरीय शिक्षा र राजयोगले मानसिक शान्ति प्राप्त हुनुका साथै जीवनमा दिव्य गुणहरुको विकास हुने, जीवन तनाव रहित, सात्विक, स्वस्थ र सन्त्ुलित हुने, सकारात्मक विचारले मन प्रफुल्लित भई जीवनमा खुशी र आनन्दको अनुभूति हुने लगायतका लाभ लिन सकिने बताईएको छ ।
Post a Comment