0
पोखराको गैह्रापाटन स्थित कुमुदिनी होम्स उच्च मा.विमा नेपालका चर्चित म्याराथन धावक बैकुण्ठ मानन्धरले विद्यार्थीहरुको हौसला बढाएका छन् । सोमबार उनले म्याराथन दौडमा आपूmले भोगेका अनुभवहरु कुमुदिनीका विद्यार्थीहरुसित साटेका थिए । यसका अलावा विद्यार्थीहरुले सोधेका विभिन्न जिज्ञासात्मक प्रश्नहरुको उत्तर पनि उनले दिए । सोही क्रममा विद्यार्थीहरुले सोधेका थिए ‘तपाईंले अहिलेसम्म प्रतियोगितामा दौडेको दुरीले पक्कै पृथ्वीको एक फेर फन्को मार्न पुग्ला है ?’ उनले हाँस्दै जवाफ दिए ‘एक फेर मात्र । यो हिसाब त फुर्सदमै गर्नुपर्छ होला । विसं २००९ साल कार्तिक पूर्णिमाको दिनमा कोठमाडौंको कालीमाटीमा जन्मेका उनी चार पटक सम्म एथलेटिक्स ओलम्पियन बन्न सफल छन् । मानन्धरले साफ गेममा आप्mनो चेम्पियन रेकर्ड राखेका थिए । जहाँ उनले सन् १९८७मा ४२ कि.मी. १९५ मिटरको दुरी जम्मा दुई घण्टा १५ मिनेट र तीन सेकेण्डमा पार गरे । राष्ट्रको पहिचान सँगै आपूm पनि जोडिन पाएकोमा उनले विद्यार्थीमाझ खुशी व्यक्त गरे ।  विद्यालयका सह–प्राचार्य ईश्वरमणी अधिकारीले सहजीकरण गरेको उक्त कार्यक्रममा विद्यालयका तर्पmबाट अध्यक्ष अशोक पालिखेले खेलाडी मानन्धरलाई सम्मान अभिवादन गरेका थिए । यसैगरी कुमुदिनी होम्स उच्च मा.वि. पोखराले विद्यालयको अतिरिक्त कार्यक्रमहरुको नियमित श्रङ्खला अन्तरगत उद्योग वाणिज्य संघको सभाहलमा अन्तरसदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयका सह–प्राचार्य ईश्वरमणी अधिकारीको अध्यक्षतामा संचालित प्रतियोगितामा उच्च मा.वि.का कार्यक्रम संयोजक मुकेश कुमार अधिकारीले क्वीज मास्टरको भूमिका निर्वाह गरेका थिए ।

Post a Comment

 
Top