संयुक्त जिल्ला अनुगमन समिति कास्कीले गरेको वजार अनुगमनका क्रममा विभिन्न कैफियतहरु फेला परेका छन् । पोखरामा लेवल प्रक्रिया नपुगेका वस्तुहरु वेच विखन भइरहेको सम्वन्धमा गुनासो आए पछि अनुगमनमा गएको वजार अनुगमन समितिले पोखराको वगर आसपासमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा पोखरा–१ वगर ट्याक्सीचोकको एस.पी. ट्रेडर्स, विन्दवासिनी सपिङ सेन्टर, सापकोटा राइसमिल, केआइसिं पुलको प्रदिप जनरल स्टोर्स र हुलास डिपो बगर शाखामा विभिन्न कमजोरीहरु फेला परेको पाइएपछि ३ दिनभित्र जिल्ला प्रशासन कार्यालय कास्कीमा हाजिर हुन चेतावनी पत्र थमाइएको छ । ट्याक्सी चोकको एस.पि. ट्रेडर्स लगायत सवैमा विक्रिका लागि राखिएको विएनडी, एमएनडी व्राण्डका घ्यूका प्याकेटमा मूल्य अंकित नभएका र गुणस्तरमा समेत शंका लागेका कारण ल्याव परीक्षणका लागि नमुना संकलन गरिएको र परीक्षण नतिजा नआएसम्म विक्री वितरणमा रोक लगाइएको छ । वि.एन.डी. र एम.एन.डी व्राण्डका ५ सय केजी भन्दा वढी घ्यू मूल्य नभएको अवस्थामा फेला परेपछि विक्री रोक्का गरिएको खाद्य निरीक्षक शिवजी बरालले बताए । अनुगमन का क्रममा विभिन्न खाद्य सामग्रीहरु म्याद गुज्रिरहेको अवस्थामा समेत विक्रिमा लागि राखिएको पाइएको छ । लेवल नभएको नौनी घ्यू, कर्न फ्ल्याक, स्म्याक, दाल गेडा गुडी एवम् तेलहरु समेत लाई वेचविखन रोक्का गरिएको छ । संयुक्त अनुगमनमा खाद्य निरीक्षक शिवजी वराल, घरेलु कार्यालयका रामेश्वर कोइराला, नाम तौल कार्यालयवाट रघुनाथ पौडेल, वप्रका वगरवाट प्रनानि. नेत्र व. क्षेत्री, उपभोक्ता मञ्चका सचिव मिलन तिवारी र पत्रकार यदुनाथ वञ्जारा रहेका थिए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment