गोल्डेन न्यूज संवाददाता
पोखराको ट्रिनिटी एजुकेशन फाउण्डेशनले रशियामा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गरेर विशेष सेमिनार आयोजना गरेको छ । देश बाहिर पढ्न जाने विद्यार्थीहरुका लागि राम्रो गन्तव्य रुस मानिएको छ । रुसमा विभिन्न मुलुकबाट वर्षेनी लाखौंको संख्यामा विद्यार्थीहरु पढेन जाने गरेका छन् । न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्राप्त हुने भएकाले नेपाली विद्यार्थीहरुले पनि कानून, पत्रकारिता, चिकित्साशास्त्र, इन्जिनियरिङ्ग विषयमा अध्ययन गर्न रुसलाई रोज्न थालेका छन् । एरो स्पेश, माइनिङ, पेट्रोलियम, एरोनोटिकल, सिभिल जस्ता विषय अध्ययन गर्न पनि धेरै नेपालीहरु त्यहाँ जाने गरेको ट्रिनिटी एजुकेशन फाउण्डेशनका संचालक डिवि गुरुङले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । आफ्नै कार्यालयको सभाकक्षमा स्पेस इन्जिनियरिङ्गमा स्नातकोत्तर अध्ययन गरिरहेका आलेक्स थपलियाले सेमिनारमा रसियामा अध्ययनको अवसर र सुविधाका बारेमा जानकारी गराउने भएका छन् । एसएलसी उत्तीर्ण गरेका र स्नातकोत्तरसम्म अध्ययन गरेका विद्यार्थीहरु समिनारमा सहभागी बन्न सक्नेछन् । रसियामा अध्ययन गर्नका लागि उमेरको सीमा नरहेको, आइएलटिएस आवश्यक नरहेको, बैंक व्यालेन्स आवश्यक नपर्ने र न्यून रकममा अध्ययन गर्न जान पाइने अवस्था रहेको गुरुङले जानकारी दिए ।
Post a Comment