गोल्डेन न्यूज संवाददाता
इगल आइज क्लवको आयोजनामा पोखरामा जारी प्रथम इगल आइज स्नुकर टुर्नामेन्ट प्रतियोगिताका अन्तर्गत शनिवार क्वाटरका खेलहरु सम्पन्न भएका छन् । प्रतियोगितामा दिलिप कुँवर, विरेन शाक्य, महेश श्रेष्ठ, रेगन श्रेष्ठ सेमिफाइनलमा प्रवेश गरेको पत्रकार सूर्य बाँस्तोलाले जानकारी दिए । प्रतियोगितामा पोखराका सात युवाहरु महेन्द्र नेपाली, सुरेश केसी, दिलिप कुँवर, विकास श्रेष्ठ, राजु श्रेष्ठ, निर्दोषजंग थापा, दिपेश तामाङले टुर्नामेन्टको आयोजना गरेका हुन् । टुर्नामेन्टमा पोखराबाहेक काठमाडौं, बुटवल, चितवन लगायतका जिल्लाहरुबाट पनि प्रतियोगितामा भाग लिएका थिए । टुर्नामेन्टमा प्रथम हुनेलाई ३० हजार, द्वितीय हुनेलाई १५ हजार र तृतीय हुनेलाई ७ हजार ५ सय नगद तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले बताएको छ । प्रतियोगिता जेठ १९ गतेदखि २५ गतेसम्म चल्नेछ ।
Post a Comment