0
गोल्डेन न्यूज संवाददाता
पालिखेचोक पोखरामा अवस्थित कसमस इन्टरनेसनल कलेजले मनोवैज्ञानिक परामर्श कार्यक्रम सम्पन्न गरेको छ । वैशाख १२ गते गएको भूकम्प र पराकम्पन वाट पर्न गएको मानसिक असरलाई न्युनिकरण गर्न कलेजले यस्तो कार्यक्रम आयोजना गरेको हो । यसका साथै अभिभावक र विद्यार्थीहरुको बीचमा कसरी सुमधूर संम्वन्ध कायम गर्न सकिन्छ भन्ने मनोवैज्ञानिक परामर्शको प्रशिक्षण समेत प्रदान गरिएको थियो । सो अवसरमा भिजनरी इन्टरनेशनलका प्रमुख ईन्द्र गुरुङ र राजेश्वरी गुरुङ श्रेष्ठले एन.एल.पी कोर्सका माध्यम बाट प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रममा कलेजका कार्यकारी निर्देशक तेज गुरुङ प्रशासक भरत गुरुङ लगायतले एनएलपी कार्यक्रमले विद्यार्थी र अभिभावक हरुको मनोवैज्ञानिक क्षमतालाई अभिवृद्धि गर्न सहयोग पुग्ने धारण राखेका थिए ।
कार्यक्रममा अभिभावक, विद्यार्थी र अन्य महानुभावहरु गरी १ सय जनाको सहभागिता रहेको थियो ।

Post a Comment

 
Top