गोल्डेन न्यूज संवाददाता
विश्व वातावरण दिवसको अवसर पारेर सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरले शुक्रबार पोखराको गाईघाटमा वृक्षारोपण गरेको छ । केन्द्रले लप्सी, वास, कल्ली, कपुर, वर, पिपल लगायतका ५० वटा विरुवा रोपेको हो । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवाले संस्था स्थापना भएको साल देखि नै त्यस ठाउँमा वृक्षारोपण गर्दै आएको छ । त्यस ठाउँमा रोपिएका विरुवाहरुको गोडमेल समेत गरिएको थियो । रोपिएका वोट विरुवाहरुको सुखवती गुम्वाले संरक्षण गर्दै आएको छ । कार्यक्रममा जिल्ला वन कार्यालय कास्कीका वन अधिकृत प्रभाष सापकोटा, सामुदायिक सेवा केन्द्र एवम् सामुदाियक प्रहरी सेवा बगरकी संस्थापक अध्यक्ष सीता गुरुङ, नमूना आमा समूहकी अध्यक्ष कल्पना आचार्य, सुखावती गुम्बाका कार्यवहाक अध्यक्ष भक्तबहादुर गुरुङले बोलेका थिए । सामुदायिक सेवा केन्द्र एवम् सामुदाियक प्रहरी सेवा बगरकी अध्यक्ष जीवन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कार्यक्रम संयोजक सहसचिव रामभूषण पराजुलीले स्वागत र सचिव गिरिप्रसाद गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।
Post a Comment