नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित भूकम्प सम्बन्धि सांस्कृतिक जनचेतना अभियान बाग्लुङ र पर्वतको कुश्मा बजारमा सम्पन्न भएको छ । अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँको संयोजकत्वमा सम्पन्न कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरूभक्त, प्राज्ञ हरिदेवी कोइराला, कलाकारहरू पद्मराज ढकाल, नवराज बराल, खिम गुरुङ, अमन गुरुङ, लक्ष्मी गिरी, पिङ्गला भट्ट, सुनिल बराल, रमेश भण्डारी, रोश्नी गुरुङ, रजनी गुरुङ, सन्तोष सारू मगर, श्रीधर कडेंल, बलराम गिरी, अनिता अधिकारी, बबी सुनार, सुस्मिता चालिसे, ताराबहादुर गुरुङ आदिको सहभागिता रहेको थियो । अलि मियाँ लोकवाङ्मय प्रतिष्ठान, सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठान, प्राचिन, त्रिवेणी सङ्गीतालय, भक्ति सङ्गीत प्रतिष्ठानका उपर्युक्त कलाकारहरूले स्वेदश गान, भजन, लोकगीत, लोकनृत्य र भूकम्पसँग सम्बन्धित चेतनामूलक गीतहरू प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन पद्मराज ढकालले गरेका थिए । बाग्लुङको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शेष नारायण पौडेल, बाग्लुङ नगरपालिकाका प्रमुख जगन्नाथ लामिछाने, साहित्यकार काजी रोशन र प्रेम छोटा अनि पर्वतको कार्यक्रममा नगरपालिकाका प्रमुख चण्डिका प्रसाद पौडेल, जिल्ला प्रहरी कार्यक्रयका प्रहरी नायव निरिक्षक महेन्द्र खत्री, साहित्यकार इन्द्र कुमार विकल्प, पर्वत मिलन क्लवका अध्यक्ष लक्ष्मण श्रेष्ठ, ¥याण्डम रिडर्स सोसाइटी पर्वतका सचिव शंकर गिरीको आतिथ्यता रहेको थियो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment