गोल्डेन न्यूज संवाददाता न्यूश्रीलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. कुश्मा पर्वतको दोस्रो साधारण सभा एक समारोह बीच शनिवार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन सहकारीका ज्येष्ठ सदस्य उदय गिरीले गरेका थिए । सो अवसरमा सहकारीका सल्लाहकार गोविन्द अधिकारी, शेयर सदस्य रुद्र सापकोटा, सहकारीका उपाध्यक्ष राजु बि.क., सचिव मधु गिरी, कोषाध्यक्ष सरस्वती शर्मा न्यौपाने, ऋण संयोजक ओमकार श्रेष्ठ, लेखा संयोजक अनिता चापागाई, शिक्षा समिति संयोजक बिमल पौडेल, संचालक सदस्य बुद्धिकुमारी श्रेष्ठ लगायतले संस्थाले आगामी दिनमा गर्नुपर्ने कार्यको बारेमा बालेका थिए । साधारण सभाले ऋण लगानी गर्नको लागि सजिलो एवं सरलीकरणका साथै आधुनिक तरिकाबाट ऋण प्रवाह गरी लगानी नयाँ क्षेत्र खोज्ने, पूँजी अभावलाई मध्यनजर राखी दैनिक बचत संकलनमा वृद्धि गर्नको आवाश्यक लागि पहल गर्ने निर्णय गरेको छ । त्यसैगरी कार्यालय व्यवस्थापन लाई अझ बढी चुस्त र आधुनिकरण तथा कर्मचारीहरुलाई विभिन्न तालिम, गोष्ठी तथा सेमिनार, सीपमूलक ज्ञानको व्यवस्था साथै राम्रो काम गर्ने कर्मचारीको हकमा पुरस्कृत गर्ने जस्ता विभिन्न संस्था एवं कर्मचारी सशक्तिकरणका माध्यमहरु अपनाउने समेत साधारण सभाले निर्णय गरेको छ । साधारण सभाले सहकारीले आगामी दिनमा दैनिक निक्षेप संकलनमा व्याज दिने, आवधिक एवं मुद्दति कर्मचारी वचत, वाल वचत, न्यू श्रीलक्ष्मी वचत र गृहिणी बचत जस्ता विभिन्न बचत योजनाहरु संचालन गरी सदस्यहरुलाई सहज र सरल रुपमा सेवा प्रवाह गर्दै सबैलाई मेरो संस्था हो भन्ने भावनाको विकास गराउनको लागि पहल गर्ने निर्णय समेत गरेको सहकारीका सल्लाहकार अधिकारीले बताए । सहकारीकी अध्यक्ष सावित्री अधिकारी अध्यक्षतामा सम्पन्न साधारण सभाको स्वागत संचालक सदस्य लक्ष्मी श्रेष्ठ र संचालन सह–सचिव हरिकृष्ण तिवारीले गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment