गोल्डेन न्यूज संवाददाता
शनिबार राति भीषण पहिरो गएसँगै थुनिन पुगेको कालीगण्डकी नदी ‘ओभरफ्लो’ भएर बग्न थालेको छ । पहिरोले थुनिएको नदी भरिएर साँझ सवा ५ बजेदेखि ओभरफ्लो भएर बग्न थालेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । नदीमा पानी बग्न थालेपनि पहिरो खस्ने क्रम भने जारी नै रहेको प्रहरीको भनाई छ । पहिरो जाने क्रम नरोकिँदै नदीमा पानी बग्न थालेपनि बहाब निकै ठूलो रहेको छ । म्याग्दीको राम्चे ९ काफल डाँडाको पहाडबाट खसेको पहिरोले कालीगण्डकी थुनिएपछि एक सय मिटर गहिरो तथा तीन किलोमिटर टाढासम्म तलाउ बनेको थियो । तलाउमा करिब तीस लाख घनमिटर पानी जम्मा भएको थियो ।निरन्तर पहिरो खसिरहेकाले पहिरो पन्छाएर थुनिएको नदी खुलाउन समस्या भएकै बेला नदी आभर फ्लो भएर बग्न थालेको हो । नदीमा पानीको सतह बर्खायाममा आउने बाढीभन्दा दुई मिटर बढी बढेको थियो । नदी तटीय क्षेत्रका साना छाप्रा तथा घरसम्मै बाढी पसे पनि ठूलो क्षति पु¥याएको छैन । म्याग्दीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार अवस्था खतरामुक्त छ । बाढीबाट कुनै मानवीय तथा भौतिक क्षति भएको छैन । नदी थुनिएपछि दिनभर तनावग्रस्त रहेका नदी तटीय क्षेत्रका बासिन्दाले राहत महसूस गरेका छन् । डाँडापाखामा पुगेका सदरमुकाम बेनीबासीसमेत नदी तटीय क्षेत्रका बासिन्दा पुनः घर फर्कन थालेका छन् । जनजीवन सामान्य हुँदै गएको छ । सदरमुकाम बेनीदेखि ९ किलोमिटर उत्तर बेनी–जोमसोम सडकको गलेश्वर–बेगखोला खण्डमा पर्ने बैंशरीमा राम्चे गाविस, ९ महभीरको फुटेर पहिरो झरेपछि आईतबार राति १ बजेदेखि भगवती गाविस, २ बैंसरीमा कालीगण्डकी नदी थुनिएको हो । पहिरोले कालीगण्डकी नदी थुनेर बनेको बाँधस्थलमा रहेका नेपाल पत्रकार महासंघ म्याग्दका अध्यक्ष सुरत केसीका अनुसार तालमा जम्मा भएको पानी सकिएको छ । नदी पुरानै बाटोबाट खुलेकोले वस्ती पुरिए पनि बगेको छैन । पहिरोले बैंसरी बजारसमेत कम्तीमा २६ घर पुरेको थियो । मानवीय हताहती भएको छैन । घट्नास्थल पुगेका इन्द्रबक्स गण अथुङ्गे ब्यारेका प्रमुख सेनानी मनोज सिलवालले विज्ञको हवला दिँदै दिएको जानकारी अनुसार १५ घन्टमा ३० लाख घनमिटर पानी थुनिएको थियो । यसैबीच उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले कालीगण्डकीमा पहिरोले बनेको बाँध फुटेर एकैसाथ बाढी आउने खतरा नरहेको बताएका छन् । म्याग्दीको बेनी–जोमसोम सडकको राम्चेस्थित महभीरमा गएको पहिरोले थुनिएको कालीगण्डकीको अवलोकनपछि गौतमले ठूलो चट्टानहरु नदीमा परेकोले एकैपटक बगाएर बाढी जान नसक्ने बताएका हुन् । प्रहरी र सशस्त्र प्रहरी प्रमुखसहित हवाइ अवलोकनपछि पोखरा विमानस्थलमा झरेका गौतमले भने, ‘पहाडका ठुला चट्टान खसेकोले एकैपटक बाँध फुट्ने सम्भावना देखिन्न । बाँध भरिएपछि पानी निस्कन थाल्छ । तल्लो तटीय क्षेत्रमा बाढी भने जान सक्छ । त्यस क्षेत्रका बासिन्दा सुरक्षितस्थलतर्फ गइसकेका छन्,’–उनले भने । पहिरोले नदीमा करिब ६० मिटर अग्लो बाँध बनाएको जानकारी दिँदै उनले भने,–‘पहिरो नरोकिएकोले त्यसलाई फुटाएर पानीको निकास बनाउन कठिन भइरहेको छ ।’ गत वर्ष भोटेकोशी थुनिँदा जसरी होशिसायरीसाथ तल्लो भेगमा क्षति हुन नदिए झैं अहिले पनि सामना गरिने गौतमले बताए । थुनिएको स्थलमा सेनाले पोष्ट खडा गरिसकेको र तल्लो क्षेत्रमा प्रहरीले बस्तीका बासिन्दालाई नदीबाट टाढा पठाईरहेको उनले बताए । अहिलेसम्म पहिरोले २६ घर पुरिएको उनले बताए । यसअघि भूकम्पले ती घर पहिरोको खतरामा परेकोले त्यहाँका बासिन्दा हटाईएकोले मानवीय क्षति नभएको गौतमको भनाई छ । गौतम पहिरोस्थलको हवाई अवलोकनपछि ९ किलोमिटर टाढाको सदरमुकाम बेनीमा सुरक्षा प्रमुखलाई निर्देशन दिएर फर्केका थिए ।यसैबीच पहिरोले कालीगण्डकी थुनेपछि गण्डक नहरका सबै ढोका खुला गरिएको छ । जुनसुकै बेला थुनिएको स्थान फुट्न सक्नेहुँदा गण्डकका ढोका खुला राखिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिए । म्याग्दी राम्चेको काफलडाँडामा गएको पहिरोले कालीगण्डकी थुनिएको छ । थुनिएको नदि फुटेको खण्डमा पहाडी गाविस रकुवा, डेढगाउँ, मिथुकरम, भारतीपुर, बुलिङ्टार, डाँडाझेरी, कोटथर र रतनपुरका तटीय बस्ती जोखिममा पर्ने भन्दै सुरक्षित हुन आग्रह गरिएको पनि मैनालीले बताए । कालीगण्डकी नदी देवघाटमा मिसिँदा नारायणी नदी उर्लन सक्ने भएकाले गैँडाकोटदेखि त्रिवेणी सुस्तासम्मका २० गाविसका बासिन्दालाई पनि सर्तक हुन आग्रह गरिएको छ । नारायणी नदी आसपासका बासिन्दाका साथै भारतको विहार र उत्तर प्रदेशमा पनि यसको असर पर्नसक्ने भएकाले भारतलाई समेत जानकारी गराइएको उनले उल्लेख गरे । गण्डक नहरका ढोका बन्दहुँदा ताल बन्नसक्ने र त्यसले पक्लिहवा, त्रिवेणीसुस्ता, कोल्हुवा, नारायणी, पिठौलीमा असर पार्ने भएको ३६ वटै ढोका खुला गरिएको छ । अहिले नदी किनारका बासिन्दालाई सर्तक रहन आग्रह गर्दै नदी किनारमा सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ । इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक कृष्ण सापकोटाका अनुसार अहिले विभिन्न टोली नदी किनारमा पुगेर स्थानीय लाई सर्तक रहन आग्रह सहित माइकिङ गरिएको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालय नवलपरासीले स्थानीय सञ्चार माध्यममार्फत सूचनासमेत जारी गरेर सर्तक रहन आग्रह गरेको छ । यता, म्याग्दीमा पहिरो गएर बुढी गण्डकी थुनिएको विषयमा छलफल गर्न बसेको मन्त्रिपरिषद् बैठकले पहिरो पन्छाउन नेपाली सेना नै सक्षम रहेको निश्कर्ष निकालेको छ । ‘हाम्रो सेनाका प्राविधिक नै यसमा सक्षम छन्, विदेशीलाई बोलाइदैन,’–सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बैठक पछि भने । बैठकमा काली गण्डकीमा पहिरोले ५० मिटर गहिरो ताल बनाएको ब्रिफिङ गरिएको थियो । यसैबीच म्याग्दीमा थुनिएको कालीगण्डकी नदी जुनसुकै बेला फुट्न सक्ने डरले गुल्मी र स्याङ्जाको सीमानामा रहेको मिर्मिस्थित कालीगण्डकी परियोजनाको विद्युत उत्पादन आइतबार बिहान १० बजेदेखि बन्द गरिएको छ । परियोजनामा आउने साना खोलाहरुको पानीको वहाव यथावत रहे पनि नदी फुटेको खण्डमा एक्कासी आउनसक्ने बहाबले बाँध र त्यहाँको अन्य संरचना बिग्रने डरले परियोजनाको आपतकालीन बैठकले बन्द गर्ने निर्णय गरेको हो । परियोजनाको बाँधमा कार्यरत सहायक इन्जिनियर ओम दर्लामीले बिहान १० बजेदेखि नै विद्युत उत्पादन बन्द गरिएको बताए । परियोजनाले बाँधका तीनवटै स्टिल वे गेट खुल्ला राखेको छ । तीनवटै ढोका खुल्ला राख्दा ढोकाबाट प्रति सेकेण्ड ६ लाख ४० हजार लिटर पानी एकै पटक बाहिर पठाउन सकिन्छ । १ सय ४४ मेगावाट क्षमताको परियोजनाले १ सय ४० मेगावाट विद्युत उत्पादन गर्दै आएको थियो । नदी थुनिएपछि गण्डक नहरको बाँधका पनि सबै ढोका खुला राखिएको छ । यसैबीच म्याग्दीको भगवती गाविस, २ बैसरीमा कालीगण्डकी नदी थुनिँदा पाल्पा र स्याङ्जा जिल्लाका बासिन्दासमेत त्रसित बनेका छन् । पाल्पा जिल्लाको अर्गली, बौघागुम्हा, खानीगाउँ, यम्घा, दर्लमडाँडा, खानीछाप, हुँगी, हेक्लाङ्, रामपुर नगरपालिका (गेझा, खालीवन, रामपुर, दर्छा, गाँडाकोट), बाँकामलाङ् गाविसका नदी तटका बासिन्दा त्रसित बनेका हुन् । ती गाविसका नदी तटमा रहेका बस्तीलाई राति २ बजेदेखिनै सचेत गराउन नजिकका प्रहरी चौकीलाई निर्देशन दिइसकेको सूचना अधिकृत प्रहरी नायव निरीक्षक प्रकाश सिम्खडाले जानकारी दिए । ‘राति नै सबै प्रहरी चौकीबाट स्थानीय नदी तटका बस्तीलाई सतर्क रहन खटाइएको छ,’ उनले भने । तर, कालीगण्डकी जलविद्यूत् आयोजनाको मिर्मिमा ठूलो जलाशय भएको र मिर्मिमा माथिल्लो क्षेत्रबाट आउने पानीको आधारमा मिलाएर ढोका खोल्ने हो भने ठूलो असर नपर्ने प्रहरी नायव उपरीक्षक सुमनकुमार तिम्सिनाले बताए । ‘पानीको सतह घटेको भन्ने जानकारी आएपनि त्यस्तो हन सक्दैन’–उनले भने । यसैगरी स्याङ्जाको, कारिकोट चण्डीभन्ज्याङ्, आलमदेवी, श्रीकृष्णगण्डकी, तुलसीभन्ज्याङ्, मालुङ्गा, चापाकोट नगरपालिका लगायतको नदी छेउका बस्ती जोखिममा छन् । ती बस्तीलाई प्रहरीले नदी छेउ नजान र घाँस दाउरा गर्न नजान आग्रह गर्दै हिडेको स्थानीय मालुङ्गाका कृष्णप्रसाद बस्यालले बताए । राम्दी प्रहरी चौकीका अनुसार पाल्पा र स्याङ्जाको समन्वयमा नदी तटीय क्षेत्रमा सचेत गराइएको छ । कतिपय जोखिमयुक्त बस्तीका बासिन्दालाई माथिल्लो क्षेत्रमा जानसमेत आग्रह गरिएको छ ।

Post a Comment