0
गोल्डेन न्यूज संवाददाता
बाग्लुङको रेशा स्वास्थ्य चौकीका सिनियर अहेव देवप्रकाश घिमिरेमाथि भएको कुटपिटप्रति नेपाल स्वाथ्यकर्मी संघका पश्चिमाञ्चल कार्यसमिति, पोखराले विरोध गरेको छ । नेपाल स्वाथ्यकर्मी संघ पश्चिमाञ्चल कार्यसमितिका अध्यक्ष नारायण प्रसाद बरालद्वारा मंगलवार जारी विज्ञप्तिमा कुटपिट गर्ने रेशा गाविसका गाविस सचिव चूर्ण बहादुर कार्कीलाई कडा कार्वाहीको माग गरिएको छ । नेपाल स्वाथ्यकर्मी संघका पश्चिमाञ्चल कार्यसमिति सदस्य समेत रहेका घिमिरेको हाल मणिपल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको नाकमा गम्भीर चोट लागेको विज्ञप्तिमा जनाइएको छ । कार्यालयबाट घर फर्किएर खाना खाइरहेको समयमा घिमिरेमाथि आक्रमण भएको बताइएको छ । विज्ञप्तिमा उपचाररत घिमिरेको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

Post a Comment

 
Top