गोल्डेन न्यूज संवाददाता
नेकपा एमाले अध्यक्ष केपी ओली अहिलेको कार्यशैलीे संविधानदेखि पुनर्निर्माण काम समेत पुरा नहुने उल्लेख गर्दै राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्ने प्रस्ताव गरेका छन् । उनले यस्तो बेला राष्ट्रिय एकताको झन् आवश्यकता रहेको उल्लेख गर्दै पक्ष विपक्ष नभई काम गर्नुपर्ने बताए । ‘पक्ष विपक्ष नभइकन काम गर्न जरुरी छ, संविधान, सरकारमा एकता काम गर्दै अघि बढ्नुपर्छ’ एमाले राजधानी पेशागत जिल्ला कमिटिको राहत हस्तान्तरण कार्यक्रममा ओलीले बिहीबार भने,–‘त्यसैले राष्ट्रिय सहमतिको सरकारको कुरा चलेको हो ।’ओलीे प्रधानमन्त्री सुशील कोइरालालाई अहिलेकै ढाचामा कुनै काम गर्न नसक्ने कुरा यसअघि नै बताइसकेको पनि खुलासा गरे । ‘अहिलेकै ढाचामा काम गर्न खोज्नु भयो भने तपाईले गर्न सक्नु हुन्न भन्ने कुरामा मैले प्रधानमन्त्रीलाई भनिसकेको छु’ अध्यक्ष ओलीले भने,–‘पुननिर्माणका सम्बन्धमा ठोस काम गर्नुपर्नेछ ।’ अहिलेको सरकारले काम त गरेको, तर अन्त्यन्तै सुस्त शैली रहेकाले यस्तो ढंगबाट अब छिटो जनताका आवश्यकता पुरा गर्न नसकिने ओलीको भनाई थियो ।उनले राष्ट्रिय सहमतिको सरकार अवाश्यक रहे पनि त्यसको नेतृत्व कसले गर्ने भन्ने खुलाएनन् । ‘एउटाले मात्र यो भनेर त्यसको नेतृत्व हुने होइन, सबै एक ठाउमा आउने प्रयास भइरहेको छ, त्यसपछि नेतृत्व टुंगिइहाल्छ’ ओलीले कार्यक्रमपछि पत्रकारसंग कुरा गर्दै भने । उनले स्वयंसेवक अभियानमा एमालेले मात्र नवनिर्माण गर्न सक्छ भन्ने पुष्टी गर्दै गएको तर सरकारको नेतृत्व कसरको भन्ने चाही सहमतिले नै हुने ओलीको कथन थियो । विपतिका कारण एकताबद्ध हुने अवस्था आएकालले यस्तै बेलामा संविधान जारी गरीहाल्नुपर्ने ओलीको धारणा छ । छिटो संविधान जारी गरेर अल्पकालिन र दीर्घकालिन योजना सहित लाग्नुपर्ने धारणा ओलीको थियो । ओलीले तत्काल पुननिर्माण सम्बन्धि कमाम गर्ने शक्तिशाली संरचना बनाउन पनि प्रस्ताव गरेका छन् । त्यस्तो निकाय नबन्दा एउटा मन्त्रालय र अर्को मन्त्रालयको जिम्मेवारी भन्दा भन्दै काम ढिलो हुने ओलीले बताए । ‘प्रधानमन्त्रीकै नेतृत्वमा बनाए पनि हुन्छ तर सबै निर्णय गर्न सक्ने निकाय बनाइहाल्नु परÞ्यो’ ओली भने,‘ त्यसमा राजनीतिक दल, सेना, प्रहरी, सम्बन्धि निकायमा व्यक्तिहरु पनि रहन सक्छन् ।’ उनले एउटा रुख काट्न समेत झन्झटिलो प्रक्रिया पुरा गर्नुपर्ने अवस्थामा समग्र पुननिर्माणको काम कसरी हुन सक्छ भन्दै प्रश्न गरे । त्यसैले शक्तिशाली संरचना बनाउनुपर्ने उनको धारणा थियो । भुकम्पपछि बसेको संसदको बिषेश अधिवेशनमै राष्ट्रिय सहमतिको सरकारको प्रसंग मुख्य नेताहरुले उठाएका थिए । भुकम्पपछिको पुननिर्माण लगायतका काम अहिलेको सरकार पुरा गर्न नसक्ने बुझाई एमालेको छ । त्यसैले अन्य राजनीतिक दलहरुसंग एमालेले अनौपचारिक छलफल तिब्र बनाएको छ । बिहीबार नै एमाले शिर्ष नेताहरुले सरकारको बिषयमा समिक्षा गरेका छन् । ‘सबै दलले सहमतिे सरकारको आवश्यकता महसुस गरेका छन्’ एमाले महासचिव इश्वर पोखरेलले भने,‘ त्यसैले यदि बनाउने हो भने कस्तो मोडालिटी हुने भन्नेमा छलफल आवश्यक छ भनेर हामीले पनि अन्य दलसंग कुराकानी गर्न खोजेका छौ ।’ उनले विपति पछि उत्पन्न भएकाले सबै खालका समस्या हल गर्न सबैको सहमतिले मात्र संभव भएको बताए । यसका लागि अन्य राजनीतिक दलहरुसंगको छलफललाई तिब्रता दिने पोखरेलले जानकारी दिए
Post a Comment