अनुपम म्युजिक एण्ड कास्की मल्टिमिडियाको आयोजनामा सञ्चालित एक महिने उद्घोषण, भाषणकला तथा समाचार लेखन तालिम बिहीबार सम्पन्न भएको छ । प्रमुख अतिथि ब्रोडकाष्टिङ एसोसिएसन अफ् नेपाल (बान)का केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले तालिमको समापन गर्दै तालिममा सिकेकाकुरालाईव्यवहारमाउतार्नप्रशिक्षार्थीहरुलाई आग्रह गर्दै पौडेलले बोल्ने कला भएकाहरुका लागि वर्तमानसमयमा रोजगारीका प्रशस्त अवसरहरु भएको बताए । अनुपम म्युजिक एण्ड कास्की मल्टिमिडियाका प्रबन्ध निर्देशक अनुराग अधिकारीले आफ्नो संस्थाले नाफामूलक भन्दा बढी सेवाको दृष्टिले आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आएको बताए । संस्थाबाट प्रशिक्षित प्रशिक्षार्थीहरु लाई दक्ष नभएसम्म सिक्ने अवसर प्रदान गरिने भन्दै अधिकारीले पोखराका सञ्चार र वाङ्मयिक संस्थाहरुसँग सहकार्य गरेर अघि बढेको जनाऐ । अनुपम म्युजिकका प्रमुख सल्लाहकार एवम्. तीर्थहरि स्मृति प्रतिष्ठानका अध्यक्ष वीरेन्द्र पालिखेको अध्यक्षतामा भएको कार्यव्रmममा समाजसेवी एवम् माफ पाम परिवारका सल्लाहकार टीकाराम सुवेदी, लायन्स क्लब अफ् हेमजाका अध्यक्ष विनोदकुमार श्रेष्ठ, समाजेवी एवम् उद्योगपति सुरेशकुमार श्रेष्ठ, हेमराज स्मृति प्रतिष्ठानकी अध्यक्ष रीता पहारी, टोल विकास संस्था गैह्रापाटनका अध्यक्ष वसन्तकेशव बाँस्तोला, सर्वेश्वर युवा क्लबका अध्यक्ष पुष्पराज कोइराला, प्रशिक्षार्थीहरु यादव पोखरेल, एकनारायण पनेरु, विमल श्रेष्ठ, लक्ष्मी तिलिजा, मेरिना गहतराज, राजु पौडेल, गोपाल शर्मा, स्वस्तिका न्यौपाने, एलिसा जी. सी. लगायतले बोलेका थिए । तालिममा ३० जना प्रशिक्षार्थीले भाग लिएका थिए । प्रशिक्षार्थीहरु सँगै आफ्नो जन्मदिन मनाएका गजलकार तथा अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले आफ्नी ८० वर्षीया बद्रीमाया अधिकारीलाई केक खुवाएर कार्यव्रmमको शुभारम्भ गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment