0
मे ३१ अर्थात् विश्व ध्रुम्रपानरहीत दिवस अचेल हामी कहाँ पनि मनाउने प्रचलन बढेको छ । सूर्तिजन्य पदार्थ सेवनलाई रोक्नका लागि सिद्धान्ततः कानुनसमेत निर्माण भइ लागू भएको अवस्था भए पनि व्यवहारतः यो कुलतबाट हाम्रो समाज मुक्त हुन सकेको छैन । आफ्नो बानी काहाँ जानी, यसो भनेर पनि सुख पाइँदैन किनकी आफ्नो बानी व्यहोराको निर्माण गर्ने प्रमुख पात्र त आफै हो । यसको पछाडि व्यक्तिगत कारण होलान् ।  संगी साथीबीचको कारण होलान् । सामाजिक वातावरणीय र पारिवारिक कारण पनि हुन्छन् । यस्तै आदि इत्यादि कारणहरुबाट मान्छे भनौं या वयस्क युवा कसरी कुलतमा फस्न पुगेको हुन्छ, जानी–नजानी विविध कारण र विवसताको जन्जिरले युवा मनस्थितिलाई अनुशासनमा बाँध्न नसक्दा अलि अलि थोरै थोरै भन्दा भन्दै गर्दा गर्दै यति कठोर बानी परिसकेको हुन्छ कि त्यसबाट बिलकुलै स्वास्थ्यका लागि फाइदा पुग्दैन जति पुग्छ भने त्यो नोक्सान मात्रै हो तर पनि “धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ” भन्ने वैधानिक प्रावधान हुँदाहँुदै पनि नत सरकारले बन्द गर्न सक्छ नत कम्पनीहरु बन्द हुन्छन् न त बानी परिसकेका मान्छेहरु सचेत हुन्छन् । कमसेकम त्यो वस्तुबाट फाइदा छैन भन्ने कुरा बुझिसकेपछि पनि किन त्यसलाई प्रयोग गरिरहन्छांै हामी ? के त्यो बेगरको जिवन बाच्नै सक्दैनौ हामी ? के जाने बुझेर पनि भविष्यको दुर्घटना निम्ताउन चाहन्छौं हामी के अम्मली बन्नु पूरुस्वार्थ हो ? धुम्रपान नै नगर्ने तमाखु नै नखाने मान्छे साथी भाईका माझमा किन खाइदिने ? किन त्यो धुँवा उडाएर उनीहरुलाई समेत अस्वस्थ बनाइदिन्छौँ ? धुम्रपान सेवन गर्ने मान्छेहरु सार्वजनिक स्थल र सेवन नगर्नेहरुका बीचमा पनि किन धुम्रपान तम्बाखु बिंडी पिउँछन्, आफूहरुको एकछिनको तलतल आनन्द मेटाउँदा सँगैको साथीभाइहरुमा कति नराम्रो असर नकरात्मक प्रभाव परेको हुन्छ यस्तो कुरा किन सोचिंदैन, हुनत साथीभाइलाई पनि आफ्नै कुलतको बाटोमा लाग्ने प्रेरणा दिन खोजिदै छैन, कुन्नी जे भए पनि आफ्नो अधिकारको उपयोग गर्दा अर्काको अधिकार हनन गर्न पाईदैन, तर सँगै सुतेपछि लात्ति लाग्छ भने जस्तै हो धुम्रपान गर्नेहरुले मनको पिर टेन्सन कम हुन्छ तपाई पनि गर्नुस्न ल भन्लान् र भन्छन् पनि तर मैले मात्र त्यो भन्न चाहन्न त्यो मेरो कुरा हो तर पनि मैले भनौ वा मेरो कुलतले एकजना साथीलाई खूब असजिलो लागेछ । उहाँलाई म प्रति भरोषा थियो म पनि उ जस्तै स्वच्छ थिए र यस्ता प्रकारका अम्मलहरुमा बानी छैन भन्ने कुरामा साथी ढुक्क रहेछन् । मैले पनि सकेसम्म अरुलाई असर नपर्ने गरी प्रयोग गर्दै आएको थिएँ, एकदिन मसँगै रहेको एकजना साथी जो उनी पनि प जस्तै थिए अम्मली उनले हामी बीचमा तम्माखु निकाले,आफू खाए अनि मलाई नसोधिकन सिधै हात पसारेर दिए। त्यसरी दिंदा मैले पनि भो भन्न सकिन र तमाखू लिए अनि म प्रति भरोषा गर्ने साथीले म तर्फ हेर्दै भने तपाई पनि खानु हुन्छ यस्तो ? यो शब्दले मलाई निकै अप्ठ्यारो बनायो तर के गरुँ मुखमा राखिसकेको थिए । अनि मलाई लाग्यो मैले तमाखु खाएर ठूलो गल्ती गरेको  रहेछु भन्ने कुरा मनमनमा सोचिरहें । हुनपनि हो मेरो भलो चाहनेहरुले मलाई गलत बाटोमा गएको देख्न चाहँदैनन् तर मेरो विवसता पनि बुझ्दैनन उनीहरु । जब म मेरा जीवनका हरेक पाइला पाइलामा निरुत्साहित हुन्छु, मनको पीडाले भित्रभित्रै रन्थनिएको हुन्छु र म मेरा कथा–व्यथाहरु पोख्ने ठाउँ कहिकतै भेटाउँदिन अनि म दुइटा औंलाले तमाखु मुखमा राखेर मुखभरि थुक बनाएर भुल्न खोन्छु पीडित मनस्थितिलाई बिर्सन लाग्छु, यो मेरो निकै लामो दिनचर्या भैसकेको छ । र पनि मैले आदर गर्नुपर्ने मेरा केही मान्छेहरुका बीच वा सामन्ने भने मैले जति तलतल लागेपनि तमाखु खाने रहर गर्दिन, किनकी उनीहरुसँग म राजनीतिक वा अन्य सामाजिक कुराकानी गरेर समय बिताउने गर्छु । यद्यपि आफू सहरका साथी भाईका बीचमा भने सजिलै खाइदिन्छु । किनकी उनीहरु मेरो भावना बुझ्न भन्दा उनीहरुले आफ्ना कुराहरु म सँग राख्ने गर्छन् तर कतिपय यस्ता साथीहरु छन् जस्को अगाडि सूर्ति तम्माखु, चुरोट खाइदिनै पर्ने पनि हुन्छ । यस्तो अवस्थामा म चोखो बन्न खोज्छु । यो मेरो अनौठो बानी हो । जे सुकै भएपनि मैले एकदिन सूर्तिजन्य चिजको कुलत छोडनैपर्छ । र मैले मेरा ती आफन्त र मेरो भलो चाहने साथीहरुसग भनिसकेको पनि छु कि एकदिन म सूर्तिजन्य पदार्थसेवन गर्न सदाका लागि छोडनेछु । आजैबाट तम्माखु खान छोडने प्रयत्न गर्नेछु । मनमा सधैंका लागि सूर्तिजन्य पद्धार्थको सेवन छाड्ने प्रतिवद्घता बोकेर पूनः म पसलमा पुग्न बाध्य हुन्छु, किन ? पसलेसँग सूर्ति माग्छु उसले भन्छ तपाइँ जस्तो युवाले यस्तो पनि खानुहुन्छ ? म सँग कुनै जवाफ छैन । अनि म सूर्ति लिएर कोठामा फर्कन्छु, यता मेरो सानो छोरी जसले मलाई खाँदा–खाँदै देखेर भनिन् बाबा, यस्तो जावो सूर्ति त नखानु न, यस्ले त फोक्सो बिगार्छ क्यान्सर बनाउछ, छोरीको यो सुझावपछि म सूर्ति खान्न त भने । तर लुकेर पो खान थाले थाहा छ । सूर्तिले हाम्रो शरीर र स्वास्थ्यलाई फाइदा गर्दैन, तर पनि कस्तो हो यो कुलतको अम्मल । म एकछिन छोड्न सक्दिन, मैले छोडिहाले भनेपनि सँगैका साथीहरु त्यस्तै देख्छु भेट्छु, अनि खै खै भन्दै हात पर्साछु ।म मात्र कहाँ हो र ? मेरा थुप्रै साथीहरुको हविगत पनि यस्तै देखेपछि कुलत कहा छुट्दो रहेछ र ? सायद वर्गीय पृष्ठभूमि गरिबी र विपन्नता अनि बेरोजगार हुनुको पीडा पो हो कि ? कहिले दात  दुःखेको निहुमा त कहिले टेन्सन भएको निहँुमा खान सिकेको पनि आ कहिले दात  दुःखेको निहँुमा त कहिले टेन्सन भएको निहुँमा खान सिकेको पनि आफ्नै दाजुभाई साथीहरु बाट नै हो नि, खान्न–खान्न भन्दा भन्दै लत बसिसकेछ, नशा लागि सकेछ । आखिर यो पनि त कुलत नै होनी, जानी–जानिकन कुलतमा फस्नुपर्ने बाध्यता हो या रहर बुझिनसक्नु छ । यसो त फेरी हाम्रो शिक्षा सामाजिक वातावरण, समाज अनि संगीसाथी र हाम्रो बजार नै यस्को मूल कारक तत्व हो भन्दा अतियुक्ति नहोला । यसरी यो सूर्ति पद्धार्थ मेरो घनिष्ठ हुन पुग्यो, त्यसमाथि झन् एक्लो  जीवन बिताउनु पर्दाको समय त यस्को विकल्प नै हँुदैन । अनि भविष्यको गन्तव्य हराएका म जस्ता अल्लारेका लागि वर्तमानको गन्तव्य नै सम्झनु पर्ने हुन्छ । यद्यपि मेरा साथीहरु प्नि त्यही रुपमा लागेको देख्दा म के गँरु के भनि सम्झाउ यो मन र उनीहरुलाई आखिर जीवनमा सायद यस्तो सन्तुष्टि पाउनका लागि पनि म र म जस्तै साथी–संगतिहरु जीवन छोटो बनाउन कोसिस गरिरहेछांै ।सन्दर्भ मे ३१ अर्थात विश्व धुम्रपान सहित दिवस, विश्व स्वास्थ्य संगठनले एउटा विज्ञप्ति मार्फत भनेको छ, विश्वमा सूर्तिजन्य पद्धार्थको सेवनबाट मात्र १५ लाख मानिसको ज्यान जाने गरेको छ । यो क्रम नरोकिने हो भने २०२० सम्ममा १ करोड ५० लाख मानिस धुम्रपान लगायतको सूर्तिजन्य पद्धार्थकै कारण मर्न सक्नेछन् । नेपालमा पनि एक अध्ययनले जनाएअनुसार कर्णाली अञ्चलका महिलाहरु बढि धुम्रपान गर्छन् र विश्व धुम्रपान गर्ने अधिकतम् मानिसहरुको श्रेणीमा नेपाल पनि पदर्छ । यसर्थ धुम्रपान दिवसले सबैलाई प्रेरणा मिलोस् यसैको ज्वलन्त उदाहरणका रुपमा हामी पनि आजैदेखि धुम्रपान मध्यपान सूर्तिजन्य पद्धार्थको सेवनबाट आफू बचांै र अरुलाई पनि बचाउन प्रेरित गरौं । ढिलै भएपनि कुलतबाट मुक्त हुनमा लागि आजको यो दिन सबैका लागि प्रेरणामय बनोस् यहि कामना !

Post a Comment

 
Top