
‘अहिले मतदान सकिएपछि मतपेटिका संकलनको
काम भैरहेको छ । जिल्ला सदरमुकाम सहित ३५ वटा मतदान केन्द्रमा ७० बुथ
तोकिएका थियो । मतपेटिका संकलन गरी सदरमुकाम पुर्याएपछि गणना सुरु हुने
उनले बताए । मतदानमा विद्युतीय मेसिन प्रयोग गरिएकोले छिट्टै मतपरिणाम
सार्बजनिक हुने उपाध्यले बताए । आइतवार विहानबाट मतगणना थालिने उनले बताए ।यो उपनिर्वाचनमा मुख्यतः कांग्रेस, एमाले र
एमाओवादीबीच प्रतिस्पर्धा देखिएको छ । कांग्रेसबाट चम्पा खड्का, एमालेबाट
मनकुमारी केसी र एमाओवादीबाट कृष्ण केसीले प्रतिस्पर्धा गरेका छन्
। तत्कालीन सभासद हरिवहादुर खड्काको जिप दुर्घटनामा निधन भएपछि उपनिर्वाचन
भएको हो ।
राजनीतिक दलका १० र तीन स्वतन्त्र गरी १३
उम्मेदवार उपनिर्वाचनको मैदान उत्रिएका छन् । अघिल्लो निर्वाचनमा विजयी
बनेका नेपाली काँग्रेसको तर्फबाट स्व सभासद् हरिबहादुर खड्काकी श्रीमती
चम्पादेवी खड्का उम्मेदवार रहेकी छन् । नेकपा एमालेबाट वैकल्पिक केन्द्रीय
सदस्य मनकुमारी केसी उम्मेदवार रहेकी छन् । एकीकृत नेकपा माओवादीबाट
कृष्णबहादुर केसी, राष्ट्रिय जनमोर्चाबाट नेत्रबहादुर बुढाथोकी, राप्रपा
नेपाल र राप्रपाबाट साझा उम्मेदवारको रुपमा नवीनचन्द्र शर्वुजामगर, नेपाल
परिवार दलको तर्फबाट बाबुराम शर्माले उम्मेदवार रहेका छन् ।
नेकपा मालेका तर्फबाट कुलबहादुर किसान,
सङ्घीय समाजवादीको तर्फबाट रेशम थापामगर, राष्ट्रवादी एकता पार्टीका
तर्फबाट क्षेत्रप्रताप थापा र राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट
रुकबहादुर पुर्जा उम्मदेवार रहेका छन् । त्यसै गरि स्वतन्त्र उम्मेदवारको
रुपमा तुलसी थापा, नैना केसी र सरस्वती पन्त रहेका छन् । गत निर्वाचनमा
नेपाली काँग्रेसका स्व सभासद् हरिबहादुर खड्काले १३ हजार ५ सय मत प्राप्त
गरी विजयी भएका थिए ।
Post a Comment