ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले अन्तर्राष्ट्रियस्तरमा संचालनमा ल्याएको सात अर्व सत्कर्मको महायोजना अभियान पोखरामा पनि संचालन गर्ने भएको छ । आगामी बिहीबार पोखरा उद्योग वाणिज्य संघको हलमा समाजको विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता र महायोजनाका अन्तर्राष्ट्रिय निर्देशक भारतीय मूलका अमेरिकी नागरिक रामप्रकाश सिंघलको उपस्थितिमा महायोजना शुरु गरिने भएको छ । २००१ सेप्टेम्बर ११ मा अमेरिकाको न्यूओर्क स्थित वल्र्ड ट्रेड सेन्टरमा भएको आतङ्कबादी हमलाका बेला सोही भवनको ६४ औं तलामा रहेका रामप्रकाश भवन ढल्नु भन्दा ५ मिनेट अघि बाहिर निस्केर अरुको ज्यान बचाउने अवसर प्राप्त गरेका व्यक्ति हुन् । उनले व्यक्तिबाट हुने सत्कर्मले नै मानव जीवनलाई खुशी बनाउने भएकोले महायोजनाले मानवलाई सत्कर्म गर्नका लागि उत्साह र शक्ति प्रदान गर्ने पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिए । अभावलाई अवसरमा परिणत गर्नु, तनावलाई आन्तरिक शक्तिमा परिणत गर्नु, खुशीको वातावरण सृजना गर्नु आन्तरिक स्रोतहरुको खोज गर्नु जस्ता विषय सत्कर्मको महायोजनामा समेटिएका छन् । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले व्यक्ति–व्यक्तिको सत्कर्मबाट समाज र विश्वलाई नै स्वस्थ, सुखी र श्रेष्ठ बनाउन तथा सहयोगी भावना र सकारात्मक परिवर्तन गराउन निरन्तर अभियानका रुपमा महायोजना संचालन गर्न लागेको राजयोग प्रशिक्षण केन्द्र पोखराका महासचिव सैलेशराज बरालले बताए । हाल विश्वका १ सय ४० देशमा करिब १० हजार सेवा केन्द्र र नेपालमामात्र करिब ४ सय सेवा केन्द्र र ६ सय इकाइ केन्द्र मार्फत सेवा प्रदान भइरहेको छ ।
यसैबीच नयाँ वर्षको अवसरमा उक्त केन्द्रले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा महायोजनाका प्रशिक्षक ब्रह्माकुमारी तृप्ती, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठक, क्षेत्रीय स्वास्थ्य निर्देशक डा. कालु शर्मा, बह्माकुमारी परिणिता, क्षेत्रीय प्रशासक दिनेशकुमार थपलिया, नेपाली सेनाका पृतनापति पदमविलाश कार्की, नेपाल प्रहरीका डिआइजी पंकज श्रेष्ठ, एसएसपी बलराम शर्मा पौडेल लगायतले शुभकामनाको भनाइ राखेका थिए ।

Post a Comment