पोखरा, २८ चैत /
अन्नपूर्ण क्षेत्रमा दुई 
साता पहिले देखि हराएका मलेसियन पर्यटक अझै भेटिएका छैनन् । दुईसाता 
अघिदेखि हराइरहेका मलेसियाका ४७ वर्षिय डेनिस ली अझै सम्पर्कविहीन रहेको 
प्रहरीले जानकारी दिएको छ । घान्द्रुक घोरेपानी क्षेत्रको खोप्राबाट उनी 
हराएका थिए । खोजिका लागि परिवार र टे«किङ व्यवसायी खटिएपनि फेला पर्न 
नसकेको टे«किङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान)ले जनाएको छ ।
८ दिनको पदयात्रामा गएका ती पर्यटक 
खोप्राडााडाबाट टाढापानी आउँदै गर्दा सम्पर्कविहीन भएको टानले जनाएको छ 
। टान पश्चिमाञ्चल संघका सचिव विनय आचार्यका अनुसार चैत १६ गतेदेखि उनी 
सम्पर्कमा छैनन् । विभिन्न देशका १० जना पर्यटकको समुहमा होलिडे टिबेट 
टे«क्सबाट पदयात्रामा गएका उनी बेपत्ता भएका थिए ।
उनका अनुसार समुहबाट छुट्टिएर हिडेका उनी 
अचानक बेपत्ता भएका थिए । उनीसँगै गएका अन्य ९ जना पर्यटक फर्किसकेको उनले 
बताए । उनको खोजिका लागि परिवार र मलेसियन दुतावातासका पदाधिकारी पोखरा 
आएका छन् । मलेसियन दुतावासले उनलाई भेट्नेलाई २ लाख रुपैयाँ पुरस्कार दिने
 घोषणा गरेको आचार्यले बताए । टानको सहकार्यमा होलिडे ट्रेक्सका पदाधिकारी 
कुकुरसहित खोजिमा जुटेका छन् ।
Post a Comment