
७० वर्षिया गंगामाया सँगै २६ वर्षिय टेकबहादुर कार्की पनि पक्राउ परेका छन् । ति दुबै जनाले पोखरा उपमहानगरपालिका वडा नं. १७ साविक छिनेडाँडा गाविसमा पर्ने कित्ता नं. ३२९४, ३२९६, ३३०५ र ३३०७ मा रहेको ६ रोपनी २ आना २ पैसा २ दाम क्षेत्रफलको जग्गा किर्ते कागजात तयार गरी आफ्नो नाममा पास गर्न खोजेका थिए ।
कीर्तिकुमार बाटाजुको मृत्यु भइसकेकोले आफ्नो नाममा जग्गा नामसारी गरीपाउँ भनी किर्ते व्यक्तिको रुपमा ७० वर्षीय गंगामाया र २६ वर्षीय टेकबहादुर खडा भएको र उनीहरुकै नाममा पोखरा उपमहानगरपालिकाको सिफारिस, जग्गाधनी प्रमाणपत्र, कीर्तिकुमार बाटाजुको नागरिकताको प्रमाणपत्र, कीर्तिकुमार की श्रीमति हर्षकुमारीको नागरिकता प्रमाणपत्र, नाता प्रमाणित प्रमाणपत्र, मृत्युदर्ता प्रमाणपत्र सहित पोखरा उपमहानगरपालिकाबाट अन्य सिफारिस सहितका कागजपत्रहरु किर्ते गरी तयार गरिएको थियो । किर्ते कागजातसहित नामसारीको प्रक्रिया अगाडी बढाउन लाग्दा मालपोत कार्यालयका कर्मचारीले शंका लागेर सोधपुछ गर्ने क्रममा उनीहरुको कागजात किर्ते भएको थाहा भएपछि तत्कालै प्रहरी बोलाएर उनीहरुलाई पक्राउ गरिएको थियो । प्रहरीले बिहीबार नै उनीहरुलाई नियन्त्रणमा लिएर सरकारी छाप, दस्तखत किर्ते मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडी बढाएको छ ।
यस घटनामा अन्य मानिसहरुको पनि संलग्नता रहेको भन्दै प्रहरीले अन्यको खोजतलास गरिरहेको कास्कीका प्रहरी नायब उपरिक्षक केदार रजौरेले जानकारी दिएका छन् ।
Post a Comment