
दुर्गालाई टप टेनमा पार्नका लागि मोबाइलको
म्यासेज बक्समा गइ ःक् स्पेस १५ टाइप गरी ३६२६ मा म्यासेज सेन्ड गर्न
सकिनेछ ।लण्डनमा सम्पन्न मिस युके नेपाल २०१२ की विजेता र मिस युके नेपालमै
बेस्ट फिगरको पनि उपाधि जितेकी २३ वर्षीय दुर्गा, मिस नेपाल २०१५ मा
सहभागी जनाउनकै लागि र आफ्नो सानैदेखिको मिस नेपाल बन्ने सपना पूरा गर्न
नेपाल आएकी हुन् । ५ फिट ४ इन्च अग्ली गुरुङले लण्डनमै बिबिएको अध्ययन पूरा
गरेकी हुन् । कत्थक नृत्यमा पारंगत र गायनमा पनि सिपालु गुरुङ, भविष्यमा
वन्यजन्तु आरक्षण क्षेत्रमा काम गर्ने लिएकी छिन् ।
समाजसेवामा विशेष रुचि राख्ने गुरुङले मिस
युके नेपाल २०१२ की विजेता भएपछि काठमाडौँका आमाघरलाई आर्थिक सहयोग,
आँपपीपल हस्पिटल गोर्खामा बेडसिट सहित कम्बल वितरण, पर्वतको भोक्सिङ
देउरालीको विद्यालयमा शैक्षिक सामग्री वितरण, पर्वतकै हिले गाउँमा निशुल्क
स्वास्थ्य शिविरको आयोजना सहयोग गरेकी थिइन् भने लण्डनमा बे्रस्ट क्यान्सर
महिलाहरुको आत्मविश्वास बढाउन एवं सहयोगका लागि ३ वटा अग्ला पहाड तथा हिमाल
चढेसककी छिन् ।मिस नेपाल २०१५ को ग्राण्ड फिनाले आगामी वैशाख ४ गते
शुक्रबार काठमाडौँमा हुँदैछ ।
Post a Comment