(वासुदेव पौडेल)
काठमाडौँ, १७ चैत । हिमालपारिको जिल्ला मुस्ताङमा रहेको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ क्षेत्रको विकास गर्न पुरातत्व विभागले रु तीन अर्ब लागतको बृहत् गुरुयोजना प्रस्ताव गरेको छ ।
विभागले चरणबद्ध तवरमा प्राविधिक टोलीसहित स्थलगत अध्ययन गरी ५३७ रोपनी क्षेत्रफलमा रहेको मुक्तिनाथ क्षेत्रलाई समेटेर उक्त गुरुयोजना तयार गरेको हो ।
विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार मुक्तिनाथ क्षेत्रको बृहत्तर विकास गर्न उक्त क्षेत्रमा विभिन्न संरचना निर्माणका लागि गुरुयोजना तयार गरिएको हो ।
“गुरुयोजनाअनुसार मन्दिरलाई व्यवस्थित गर्दै आसपासका क्षेत्रमा विभिन्न आश्रम, फूलको बगैँचा, चट्टानी बगैँचा, भजन घर, वनभोज स्थल जस्ता ३३ वटा संरचना तथा पूर्वाधार निर्माण गर्ने प्रस्ताव गरिएको छ” – उहाँले भन्नुभयो ।
पर्यटक तथा दर्शनार्थीको भीडभाडका कारण जम्मा हुने फोहरलाई विद्युतीय यन्त्रका माध्यमबाट व्यवस्थित गरिने गुरुयोजनामा उल्लेख छ ।
तीन हजार ७१० मिटरको उचाइमा अवस्थित यस मन्दिरलाई हिन्दूले मुक्ति क्षेत्र तथा बौद्धमार्गीले तिब्बती भाषामा छुमिङ ग्यात्सा (सय पानी वा यथेष्ट पानी) भन्दछन् । हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण धामका रूपमा रहेको यो तीर्थस्थल तिब्बती बौद्धमार्गीका २४ तान्त्रिक स्थानमध्येको एक हो । यो वैष्णव सम्प्रदायको पनि प्रमुख मन्दिर हो ।
“मुक्तिनाथ पुग्न निकै कठिन हुने गरे पनि हजारौँ सङ्ख्यामा भक्तजन र पर्यटक आउने भएकाले यसको बृहत्तर विकास गर्न गुरुयोजना तयार गरिएको हो ” – पुरातत्व विभागका इन्जिनियर नारायण बोहोराले भन्नुभयो ।
बोहराका अनुसार १७औँ शताब्दीको मुक्तिनाथको मन्दिर जीर्ण भए पछि गत वर्ष जीर्णोद्धार गरिएको थियो । हिउँ पग्लेर आउने पानी मुक्तिनाथ मन्दिर रहेको जमिनको तल्लो भागबाट बग्ने गर्छ ।
गत वर्ष जगबाटै पानीको निकास बाहिर पठाउने गरी निर्माण कार्य सम्पन्न गरिएको इन्जिनियर बोहराले जानकारी दिनुभयो ।
“जमिनभित्र पानी बग्ने भएका कारण प्रस्तावित गुरुयोजनामा मन्दिरको १५० फिट दायाँबायाँ कुनै अन्य संरचना निर्माण नगरिने उल्लेख छ” – उहाँले भन्नुभयो ।
मन्दिर जाने पर्यटक तथा विशिष्ट व्यक्तिलाई लक्ष्य गरी गुरुयोजनाभित्र विशेष र साधारण हेलिप्याडको व्यवस्था गरिएको छ । मन्दिरलाई कुनै पनि किसिमले असर नपर्ने गरी भौगोलिक दूरी बनाएर हेलिप्याड निर्माण गर्ने प्रस्ताव गुरुयोजनामा गरिएको छ ।
स्थानीय व्यक्ति एवम् सरोकारवालासमेतको सल्लाहमा पुरातत्व विभागले गुरुयोजना तयार पारेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका शाखा अधिकृत महेन्द्र थकालीले बताउनुभयो ।
मुक्तिनाथ पुग्ने स्वदेशी तथा विदेशी पर्यटकलाई त्यस क्षेत्रको मौलिकता झल्काउने किसिमको एक सङ्ग्रहालय निर्माणको योजना पनि गुरुयोजनामा समावेश गरिएको छ ।
हिन्दू धर्मावलम्बीका लागि भजनकीर्तन एक भजन घर पनि बनाइने छ । मन्दिर आसपासका क्षेत्रमा विभिन्न ढुङ्गा रहेका कारण त्यसलाई चट्टानी बगैँचाका रूपमा विकास गर्ने सोच बनाइएको छ ।
यस मन्दिरमा भगवान् विष्णुलाई शालिग्राम (पवित्र शिला)को रूपमा पूजा गरिन्छ । प्राचीन जनविश्वासअनुसार यस शिलाको निर्माण प्राग् ऐतिहासिक समयमा पाइने किराको जीवाश्मबाट भएको थियो जुन विशेष गरी टेथिस सागरमा पाइन्थे ।
यहाँ बौद्ध भिक्षु पद्मसम्भव केही वर्ष ध्यानमा बसेको विश्वास गरिन्छ ।
ऐतिहासिक एवम् धार्मिकरूपमा विशिष्ट महत्व राख्ने मुक्तिनाथ क्षेत्रको विकासका लागि प्रस्तावित गुरुयोजनामाथि सम्बद्ध निकायमा छलफल भइरहेको विभागका प्रवक्ता कुँवरले बताउनुभयो ।
मुक्तिनाथ धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय सबै दृष्टिकोणबाट महत्वपूर्ण गन्तव्य भएका कारण यसको समग्र विकासका लागि प्रस्तावित गुरुयोजनाले धेरै सहयोग पु¥याउने विश्वास जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत थकालीको छ ।
यहाँ पछिल्लो समयमा स्वदेशी तथा विदेशी पर्यटक आउने क्रम निकै बढिरहेको छ । यहाँ भारतीय पर्यटकहरूको आगमन पनि उल्लेख्य सङ्ख्यामा हुने गर्छ । मध्यपूर्व एसियाली मुलुक इजरायलबाट मुक्तिनाथ क्षेत्र आउनेको सङ्ख्या अन्यको तुलनामा बढी छ ।
उहाँले थप्नुभयो – “मुक्तिनाथको दर्शनका साथै अन्नपूर्ण पदमार्ग भएर पदयात्रा गर्न चाहने स्वदेशी तथा विदेशी पर्यटककको सङ्ख्या हालैका दिन बढेको छ । प्रस्तावित गुरुयोजनालाई चाँडै अन्तिम रूप प्रदान गरी यस क्षेत्रको विकासका लागि सबै पक्ष जुट्नु पर्छ ।” रासस

Post a Comment