चैते दशैको अवसरमा कास्कीको ल्वाङमा चैते दशै मेला–२०७१ शुरु भएको छ । स्थानीय ग्रिनहिल क्लवले आयोजना गरेको मेला १३ गतेसम्म चल्ने छ । शहिद हरिप्रसाद स्मृति खेल मैदानमा संचालन गरिएको मेलाको अवधि आवश्यकता अनुसार एकदिन थप गर्न सकिने बताइएको छ । ल्वाङ गाउँमा पर्यटन प्रवद्र्वन गर्ने, स्थानीय चिया बगानको प्रचार गर्ने, होम स्टे, क्यानोनिङ खेल र जैविक विविधता, स्थानीय भेषभूषाको प्रचार गर्ने लगायतका उदेश्यले मेला आयोजना गरिएको क्लवका पूर्वअध्यक्ष एवं सल्लाहाकार भरत गुरुङले बताए । मेलाको आकर्षणमा पुरुष भलिबल, महिला भलिबल, नृत्य, रसी तान्ने, घैटो फुटाउने, छेलो हान्ने, मेच घुमाई, बेलुन फुटाई, चर्चित कालाकारहरुको लोक दोहारी, कन्सर्ट, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम रहने छन् । बुधबार मेलाको उद्घाटन गर्दै देउराली ट्राभल्स प्रा.लिका प्रवन्ध निर्देशक गोलमान गुरुङले गाउँको पहिचानका लागि मेलाले ठुलो भुमिका निर्वाह गरेकोभन्दै मेलालाई निरन्तरता दिनुपर्ने बताए । कार्यक्रममा एभरेष्ट न्यूज यु.केका अनलाईन सम्पादक एवं मर्दीखोला सेवा समिति यु.केका महासचिव सविन्द्रकुमार गुरुङ, तमु समाज यु.के आमा समूह तथा मर्दिखोला सेवा समिति आमा समुहकी अध्यक्ष माया गुरुङ, अन्नपूर्ण चिया सहकारी संस्थाका अध्यक्ष हितकाजी गुरुङ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ल्वाङका प्रमुख यामबहादुर गुरुङ, ल्वाङघलेल गाविसका सहायक दुर्गा दाहाल, समाजसेवी समबहादुर गुरुङ र मसेकँु कोट आमा समुहकी अध्यक्ष डम्बरकुमारी गुरुङले बोलेका थिए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment