0
जनकल्याण समिति पोखरा उपमहानगरपालिका वडा नं. १३ को शनिबार सम्पन्न ३०औं साधारणसभा तथा अधिवेशनले लोक बहादुर कार्कीलाई पुनः अध्यक्षमा चयन गरेको छ । समितिको सबै पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन्, जसअनुसार प्रथम उपाध्यक्षमा रामबहादुर केसी, द्वितीय उपाध्यक्षमा विष्णु कार्की, सचिवमा कुमार केसी र कोषाध्यक्षमा काशीबहादुर क्षेत्री छन् भने सदस्यहरुमा रामचन्द्र कार्की, काशीराम सुवेदी, सोमनाथ आचार्य, इन्दिरा आचार्य, दशरथ बराल, टंक भट्टराई र प्रेमबहादुर कार्की छन् ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै संस्कृतिकर्मी एवं प्राज्ञ तीर्थ श्रेष्ठले जातीय तथा साँस्कृतिक महत्वलाइ्र्र धमिल्याउन केहि तत्व लागेको बताएका छन् । उनले पहिचानको नाममा नेपालको सांस्कृतिक एकता खल्बल्याउने प्रयास भएको भन्दै राजनीतिक दलहरुले गम्भीरतापूर्वक सोचेर संविधान निर्माण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बरालले संस्थाले गरेको कार्यको खुलेर प्र्रशसा गर्दै संस्थाको कार्यक्षेत्र विस्तार गरी आर्वावासी सबैलाई समेट्न सुझाव समेत दिए । समितिका सभापति लोकबहादुर कार्कीको सभापतित्वमा भएको कार्यक्रममा पोखरा–२२ का वडा सचिव रविमोहन तिमिल्सिनाले राम्रा काममा समाजले सहकार्य गरेमा त्यस क्षेत्रको विकास हुने बताए । सुनडाँडा वन उपभोक्ता समितिका अध्यक्ष प्रेमबहादुर बरालले सामाजिक कार्य गर्नका लागि आफूले सक्दो सहयोग गर्ने प्र्रतिवद्धता व्यक्त गरे । पोखरा–१३ का वडा सचिव श्रीकान्त तिमिल्सिनाले समाजले नगरपालिका सँग समन्वय गरेर अगाडि बढ्न आग्रह गरे । समाजसेवी तथा राजनीतिज्ञ पुलेन्द्रमान श्रेष्ठ र  भद्रकाली उच्च माविका अध्यक्ष एवं पोखरा उपत्यका नगर विकास समितिका सदस्य बजिरमान श्रेष्ठले नगर विकास समितिले गर्न मिल्ने सबै काममा आफ्नो पूर्ण सहयोग  रहने बताए । कार्यक्रममा भद्रकाली उच्च माविका सह–प्राध्यापक तथा अरण्यज्योती पुस्तकालय पोखरा–१३ का अध्यक्ष राजेन्द्र्र भण्डारी, टोल विकास स्रंस्था समन्वय समितिका अध्यक्ष तिलक गुरुङ्ग  सत्य आमा समूहकी अध्यक्ष शान्ति सिग्देल, तीन अम्सुरे टोल विकास संस्थाकी रमा कार्की, रतन पाण्डे माविका अध्यक्ष देवराज पौडेल, नागेश्वर भजन समूहका बाबुराम सापकोटा, ढिकालेथर सेवा समितिका अध्यक्ष भरत कार्की लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

Post a Comment

 
Top