अधिवेशनले क्षेत्रीय प्रतिनिधिहरुमा सीता गुरुङ्ग, महाकाली बराल, स्वेता सुवेदी, शान्ति कँुवर, रंगीला आचार्य, सीतादेवी गिरीलाई चयन गरेको छ । सभापति पदका लागि माया बराल सहित शुभद्रा कोइराला र गीता भण्डारीले समेत उम्मेदवारी दिएको भएपनि दवावका कारण ती दुवैले उम्मेदवारी फिर्ता लिएपछि बराल सभापतिमा सर्वसम्मत भएकी थिइन ।
अधिवेशनमा बोल्दै संविधान सभा सदस्य शारदा पौडेलले महिलाहरुलाई एकजुट भएर लाग्न सुझाव दिंदै महिला घरमामात्र सीमित नभएर समाज सेवा र राजनीतिमा समेत हिंड्ने समय आएको बताइन ।
नेपाल महिला संघकी केन्द्रीय सदस्य आनन्दीदेवी राणा कार्कीले महिलाहरुको विकास र उत्थानका लागि नेपाली कांग्रेस पार्टी सधंै तयार रहेको बताइन् । कार्यक्रममा नेपाली कांग्रेस कास्कीका उपसभापति एवं पोखरा उपत्यका नगर विकास समितिक अध्यक्ष विष्णुप्रसाद बाँस्तोला, नेपाल महिला संघकी जिल्ला सभापति तारादेवी अधिकारी, नेपाली कांग्रेसका महासमिति सदस्य देवराज चालिसे, नेपाली कांग्रेस कास्कीका सहसचिव मुकुन्द ज्वाला बाँस्तोला, क्षेत्र नं. ३ का क्षेत्रीय सभापति शोभाचन्द्र बाँस्तोला, नगर सभापति विष्णुहरि बराल, नेपाली कांग्रेसकी जिल्ला उपाध्यक्ष कोपिला रानाभाट, महिला संघ क्षेत्र नं. ३ की क्षेत्रीय सभापति रजनी केसी लगायतले नेपाली कांग्रेसले महिलाहरुको उत्थानका लागि विशेष अभियान संचालन गर्नुपर्नेमा जोड दिएका थिए । महिला संघकी नगर सभापति हीरादेवी शर्माको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य पाध्यक्ष शुभद्रा अधिकारी र कार्यक्रम संचालन ईन्दिरा थापाले गरेकी थिइन् ।
Post a Comment