यही पुसको तेस्रो सातादेखि शुरुहुने मनकामना केवलकार पोखरा कपको लागि कास्की जिल्ला फुटबल संघले तयारीलाई तिब्रता दिएको छ । तीन सातापछि हुने प्रतियोगिताको लागि कास्की जिल्ला फुटबल संघका पदाधिकारी आर्थिक सहयोग अभियानमा जुटेका छन् भने फुटबल मैदानलाई व्यवस्थित गर्न सक्रिय छन् । सफल दुधको उत्पादन लक्ष्मी गु्रपको तीन वर्ष सम्झौता टुंगिएपछि मनकामना दर्शन प्रालिले कास्की जिल्ला फुटबल संघद्वारा सञ्चालित पोखरा कपको लागि वार्षिक दशलाख रुपियाँ दिदैं मुख्य प्रायोजन गरेको छ । मुख्य प्रायोजनबाट हौसिएको संघले विगतको भन्दा भव्य बनाउन तल्लिन रहेको संघका सदस्य एवं प्रचारप्रसार संयोजक दिपकबहादुर गोदारले जानकारी दिए । प्रतियोगिताको लागि घरेलु टोलीको लागि खेलाडीलाई नियमित प्रशिक्षण गराइएको छ । प्रशिक्षक राजेन्द्र तामाबले खेलाडीलाई प्रशिक्षण दिईरहेका छन् । नियमित प्रशिक्षणपछि संघले १८ जना खेलाडीको अन्तिम नामावली तयार परी बन्द प्रशिक्षणमा राखिने उपाध्यक्ष एवं प्रतियोगिता संयोजक मिलन गुरुबले जानकारी दिए । तीन लाख ५५ हजार पुरस्कार राशीको मनकामना केवलकार पोखरा कपको उपाधिको लागि मोफसलको टोलीसँगै ए डिभिजन लिगका उत्कृष्ठ क्लब तथा अमेरिकाको क्लबले पोखराको मैदानमा डेब्यु गर्ने फुटबल संघका अध्यक्ष धरमबहादुर लामिछानेले जानकारी दिए । उपविजेताले दुई लाख पाँचहजार नगद राशी पाउने छ । एघारदिने प्रतियोगिताको तयारीको लागि संघका सम्पूर्ण पदाधिकारी खटिएको संघका महासचिव राजन पौडेलले बताए । कोषाध्यक्ष सुकबहादुर गुरुबका अनुसार विगतको भन्दा उत्कृष्ठ बनाई खेलाडीको सेवा र सुविधा समेत बृद्धि गर्ने लक्ष्यसँगै आर्थिक अभियानमा दौडधुप गरिएको छ । विगतको भन्दा यो पटक बढी बचत गर्दै खेलाडी अक्षयकोषमा राख्ने योजना रहेको समेत उनले बताए ।मनकामना केवलकार पोखरा कपको तयारी तिब्र
यही पुसको तेस्रो सातादेखि शुरुहुने मनकामना केवलकार पोखरा कपको लागि कास्की जिल्ला फुटबल संघले तयारीलाई तिब्रता दिएको छ । तीन सातापछि हुने प्रतियोगिताको लागि कास्की जिल्ला फुटबल संघका पदाधिकारी आर्थिक सहयोग अभियानमा जुटेका छन् भने फुटबल मैदानलाई व्यवस्थित गर्न सक्रिय छन् । सफल दुधको उत्पादन लक्ष्मी गु्रपको तीन वर्ष सम्झौता टुंगिएपछि मनकामना दर्शन प्रालिले कास्की जिल्ला फुटबल संघद्वारा सञ्चालित पोखरा कपको लागि वार्षिक दशलाख रुपियाँ दिदैं मुख्य प्रायोजन गरेको छ । मुख्य प्रायोजनबाट हौसिएको संघले विगतको भन्दा भव्य बनाउन तल्लिन रहेको संघका सदस्य एवं प्रचारप्रसार संयोजक दिपकबहादुर गोदारले जानकारी दिए । प्रतियोगिताको लागि घरेलु टोलीको लागि खेलाडीलाई नियमित प्रशिक्षण गराइएको छ । प्रशिक्षक राजेन्द्र तामाबले खेलाडीलाई प्रशिक्षण दिईरहेका छन् । नियमित प्रशिक्षणपछि संघले १८ जना खेलाडीको अन्तिम नामावली तयार परी बन्द प्रशिक्षणमा राखिने उपाध्यक्ष एवं प्रतियोगिता संयोजक मिलन गुरुबले जानकारी दिए । तीन लाख ५५ हजार पुरस्कार राशीको मनकामना केवलकार पोखरा कपको उपाधिको लागि मोफसलको टोलीसँगै ए डिभिजन लिगका उत्कृष्ठ क्लब तथा अमेरिकाको क्लबले पोखराको मैदानमा डेब्यु गर्ने फुटबल संघका अध्यक्ष धरमबहादुर लामिछानेले जानकारी दिए । उपविजेताले दुई लाख पाँचहजार नगद राशी पाउने छ । एघारदिने प्रतियोगिताको तयारीको लागि संघका सम्पूर्ण पदाधिकारी खटिएको संघका महासचिव राजन पौडेलले बताए । कोषाध्यक्ष सुकबहादुर गुरुबका अनुसार विगतको भन्दा उत्कृष्ठ बनाई खेलाडीको सेवा र सुविधा समेत बृद्धि गर्ने लक्ष्यसँगै आर्थिक अभियानमा दौडधुप गरिएको छ । विगतको भन्दा यो पटक बढी बचत गर्दै खेलाडी अक्षयकोषमा राख्ने योजना रहेको समेत उनले बताए ।
Post a Comment