विगत ६ बर्षदेखि भूपीको स्मृतिमा कवि गोष्ठी तथा भूपी विशेष कार्यक्रम गर्दै आएको थकाली सेवा समितिले यस बर्ष पोखरामा विशेष कवि गोठीको आयोजना गर्न लागेको कार्यक्रम संयोजक समिता लुलाचनले जानकारी दिइन् । यसअघि उक्त पुरस्कारबाट पोखराकी कवि सरास्वती प्रतिक्षा पुरस्कृत भैसकेकी छन् ।
प्रत्येक २ बर्षमा प्रदान गरिने पुरस्कारको राशि यसअघि बीस हजार रुपैयाँ रहेकोमा यस बर्षदेखि ५० हजार रुपैयाँ बनाइएको हो । पुरस्कारका लागि भूपीको परिवार तथा थकाली सेवा समितिले अक्षयकोष स्थपना गरेको छ । भूपीको धर्मपत्नी ओम कुमारी शेरचनको संरकक्षकत्वमा समितिले अक्षयकोषलाई बढाउनका लागि पहल गरिरहेको सदस्य मिलन शेरचनले जानकारी दिईन् ।
‘कवि भूपी सिङ्गो नेपाली वाङ्मयिक क्षेत्रका कवि हुन्’, संयोजक लुलाचनले भनिन्,‘हामीले यस बर्षदेखि अझै बृहत् र विशिष्ट कार्यक्रमका साथ भूपी जयन्ती मनाउन लागेका छौं ।’ पुरस्कारलाई व्यवस्थित ढंगले सञ्चालन गर्न नियमावली मस्यौदा तयारी गर्ने काम भैरहेको बताइएको छ ।
भूपी जयन्तीलाई पोखरामा भव्यताका साथ सम्पन्न गर्नका लागि पोखराका वाङ्मयिक संघसंस्थाहरुको सहयोग तथा समन्वय भैरहेको आयोजकले जनाएको छ । यसपटक पोखरामा हुने कवि गोष्ठीमा पोखरा तथा आसपासका केही नयाँ पुराना स्रष्टाहरुले भूपीको सम्झनामा कविता वाचन गर्नेछन् ।
Post a Comment