
उनले संविधान नबन्नु र सहमति नहुनुको मुख्य कारण अन्य नभएर जातीय संघीयता नै भएको बताए । ‘सहमति नबन्नुको अन्य कारण छैन् जातीय आधारमा प्रदेश बनाउनुपर्छ भन्ने कारण नै हो । नेपालीको एकतालाई भत्काउने गरि देश टुक्राटुक्रा पार्ने पक्षमा सहमति गर्न सकिदैन् ।’ उपाध्यक्ष रावलले भने । नेपालमा १ सय भन्दा बढि जाती र भाषा रहेको भन्दै उनले पिछडिएको जातिलाई दिने भए राउटे, बादीलाई राज्य दिउ हैन जातको बास्ना आउने बनाउने हो भने नेवा समुदाय भएका ठाँउमा गंगालाल प्रदेश र पोखरामा लखन प्रदेश बनाउन सुझाव दिए । उनले मिलेर बसेका नेपालीलाई विभाजित गर्ने, देशलाई टुक्रा पार्ने र स्वाधिनता कमजोर बनाउने पक्षमा जान नहुने बताए ।
उनले नेपाली जनताको पक्षमा आवाज उठाउँदा अरु देशको विपक्षमा हुन्छ भन्ने र अन्य देशलाई गाली गर्दैमा राष्ट्रवाद हुन्छ भन्ने पक्षमा आफू नरहेको स्पष्ट पारे । उनले नेपाल भारत बीचको १९५० को सन्धि पुनरावलोकन गर्नुपर्ने पक्षमा रहेको भन्दै उक्त सन्धि नेपालको हितमा नभएको बताए ।
यता, व्यवस्थापिका संसद अन्तर्गत विकास समितिका सभापति एवं सभासद रविन्द्र अधिकारीले राष्ट्रिय सहमति हुन नसके प्रक्रियाबाट भएपनि माघ महिना भित्र मुलुकले संविधान पाउने बताए । पोखरा–१७ छोरेपाटनस्थित सुकुम्वासी वस्तिमा निर्माण गरिएको कच्चि मोटर बाटोको उद्घाटन गर्दै उनले राजनीतिक दलहरुले संविधान सभा निर्वाचनमा जनता समक्ष गरेका प्रतिवद्धताका बारेमा एक पटक सोच्न आग्रह गरे । भगेरथानदेखि पुलको मुखसम्मको २ किलो मिटर कच्चि सो वाटो स्थानीय वासिन्दाको सकृयतामा करिव दुई लाखको लागतमा निर्माण सम्पन्न गरिएका हो । सो बाटो निर्माणका लागि वडास्तरीय बजेटवाट रु. ५० हजार र वाँकी जनसहभागिता परिचान गरिएको सो अवसरमा जानकारी दिइयो । बाटोले सो क्षेत्रका ८४ घरपरिवारलाई यातायात सुविधान पुगेकोछ । बाटो निर्माण समितिका अध्यक्ष कृष्णवहादुर खड्काको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा एमाले वडा अध्यक्ष सुभाष ढुंगाना, एमाओवादीका उपाध्यक्ष ईश्वरी प्रसाद लम्साल, पत्रकार हरि बाँस्तोला, सिमलटुँडा टोल विकास संस्थाका अध्यक्ष चुडामणि बरालले बोलेका थिए । समितिकी सचिव सन्तोषी सुनारले संचाल गरेको कार्यक्रममा कोषाध्यक्ष वलवहादुर थापाले स्वागत गरेका थिए ।
Post a Comment