
ती काम लागि प्राविधकहरुले काम गरिसकेका छन् उनले भने–अव सम्झौता गरेर तत्काललै ती कामलाई अगाडि बढाउने छौ । कार्यक्रममा पोखरा उपमहानगर पालिकाका कानूनी अधिकृत सहजकर्ता संयोजक नारायणप्रसाद शर्माले विकास निमार्णमा सवैको सहभागिताको खाँचो रहेको बताए । नेपाली काँग्रेस वडा नं. १ का ईकाइ सभापति टंकनाथ पौडेल तथा नेकपा एमालेका वडा नं.१ का वडा कमिटी अध्यक्ष शारदा पराजुलीले विकास निर्माणमा राजनितिक दल एक भएर लाग्ने प्रतिवद्धता जनाएका थिए । परिषदमा वडाका विभिन्न टोल विकास संस्थाका प्रतिनिधि नागरिक समाज राजनीति कदलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । परिषदमा सहभागिहरुले वडाको विकासका लागि सवै एक भएर लाग्नुपर्ने बताएका थिए ।
पोखरा उपमहानगर पालिका वडा नं. १ का वडा सचिव मञ्जुबहादुर वस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा इन्द्रेणी एकीकृत विकास केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले स्वागत र पोखरा उपमहानगर पालिकाका नासु छविलाल शर्माले कार्यक्रम सञ्चालन गरेका थिए ।
Post a Comment