
मौसम प्रतिकुलता विच पनि आइतबार दर्शकहरुको सहभागिता उल्लेख्य रहेको थियो । आइतबार मात्रै २० हजार दर्शकले महोत्सव अवलोकन गरेका थिए । झरीमा पनि स्टलमा राम्रो कारोबार भएको व्यवसायीहरुले बताएका छन् । आयोजकले अघिल्ला दिनका झै दर्शकको मनोरन्जनका लागि लोक दोहोरी, पप र हास्य व्यङ्गका कार्यक्रम समावेश गरेका थिए । महोत्सवको आकर्षणको रुपमा रहेको गायन विधाको गण्डकी ताराको प्रतियोगितामा २ जना बाहिरिएका छन् । निकिल गुरुङ्ग र शक्तिकुमार श्रेष्ठ बाहिरिएका हुन । उपाधिका लागि दिपक वि.क., सुविन सेन्चुरी, आरती सापकोटा र दिपेश पुनले प्रतिस्पर्धा गर्नेछन् ।
Post a Comment