नेकपा एमाले पोखरा नगर समन्वय कमिटी पार्टीको केन्द्रीय सचिवालयको निर्णयअनुसार पुष १८ गते संविधान निर्माणमा एमालेको धारणा सार्वजनिक गर्न पोखरा सभागृहमा गर्ने बृहत कार्यकर्ता भेलाको तयारीमा जुटेको छ । देश व्यापी रुपमा वृहत कार्यकर्ता भेलाको निर्देशन अनुसार पोखरामा समेत सन्देश सभा हुन लागेको हो । कमिटिले पोखरामा निर्माण हुन लागेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमान स्थल निर्माणका लागि थप अधिग्रहण गर्न लागिएको जग्गा धनीलाई उचित मुआब्जाको व्यवस्थाको लागि पहल गर्ने भएको छ । कमिटीको छैटौं पूर्ण वैठकले पोखरा उपमहानगर पालिकामा विस्तार भएका दश वटै वडाहरुको विकास तथा पूर्वाधार निर्माणका लागि १९औं नगर परिषदमा जोड दिने निर्णय गरेको सचिव धर्मराज अधिकारीले जानकारी दिए । साथै एकीकृत सम्पत्ति कर १९आंै नगर परिषदमा ल्याउन पहल गर्ने निर्णय समेत गरेको छ । संयोजक तेज नारायण अधिकारीको अध्यक्षतामा भएको वैठकमा केन्द्रीय कमिटीका सदस्य माया नाथ अधिकारी, जिल्ला कमिटीका सचिव दामोदर वैरागी, कार्यलय सचिव वैन बहादुर क्षेत्री, क्षेत्र नं. ३ र ४ का अध्यक्ष धन बहादुर नेपाली र विष्णुबहादुर के.सी.ले मन्तव्य राखेका थिए । बैठकले सहिद झपेन्द्र कार्कीकी आमा गीता कार्कीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । बैठकले केन्द्रीय कमिटी वैकल्पिक पोलिटव्युरो सदस्यमा तुलबहादुर गुरुङ, जगत विश्वकर्मा निर्वाचित भएकोमा बधाई ज्ञापन गरेको छ ।एमालेले विमानस्थलको मुआव्जा विवाद मिलाउने
नेकपा एमाले पोखरा नगर समन्वय कमिटी पार्टीको केन्द्रीय सचिवालयको निर्णयअनुसार पुष १८ गते संविधान निर्माणमा एमालेको धारणा सार्वजनिक गर्न पोखरा सभागृहमा गर्ने बृहत कार्यकर्ता भेलाको तयारीमा जुटेको छ । देश व्यापी रुपमा वृहत कार्यकर्ता भेलाको निर्देशन अनुसार पोखरामा समेत सन्देश सभा हुन लागेको हो । कमिटिले पोखरामा निर्माण हुन लागेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमान स्थल निर्माणका लागि थप अधिग्रहण गर्न लागिएको जग्गा धनीलाई उचित मुआब्जाको व्यवस्थाको लागि पहल गर्ने भएको छ । कमिटीको छैटौं पूर्ण वैठकले पोखरा उपमहानगर पालिकामा विस्तार भएका दश वटै वडाहरुको विकास तथा पूर्वाधार निर्माणका लागि १९औं नगर परिषदमा जोड दिने निर्णय गरेको सचिव धर्मराज अधिकारीले जानकारी दिए । साथै एकीकृत सम्पत्ति कर १९आंै नगर परिषदमा ल्याउन पहल गर्ने निर्णय समेत गरेको छ । संयोजक तेज नारायण अधिकारीको अध्यक्षतामा भएको वैठकमा केन्द्रीय कमिटीका सदस्य माया नाथ अधिकारी, जिल्ला कमिटीका सचिव दामोदर वैरागी, कार्यलय सचिव वैन बहादुर क्षेत्री, क्षेत्र नं. ३ र ४ का अध्यक्ष धन बहादुर नेपाली र विष्णुबहादुर के.सी.ले मन्तव्य राखेका थिए । बैठकले सहिद झपेन्द्र कार्कीकी आमा गीता कार्कीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । बैठकले केन्द्रीय कमिटी वैकल्पिक पोलिटव्युरो सदस्यमा तुलबहादुर गुरुङ, जगत विश्वकर्मा निर्वाचित भएकोमा बधाई ज्ञापन गरेको छ ।
Post a Comment