0

एकीकृत नेकपा माओवादीका केन्द्रीय सचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्तले काग्रेस र एमालेले बहुमतको आधारमा संविधान जारी गरे सडक आन्दोलनमा जाने चेतावनी दिएका छन् । क्रान्तिकारी संघ कास्कीले आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पुनले यस्तो चेतावनी दिएका हुन् । सबै राजनीतिक दलको सहमतिका आधारमा संविधान नबने आफू लगायत साना २२ दलले सडक संघर्ष गर्ने पुनले चेतावनी दिएका हुन् । आफ्नो पार्टीलाई सत्ता नभई उत्पीडित जनजातिको अधिकार सुनिश्चित भएको संविधान जरुरी रहेको बताउंदै उनले भने–‘हामीलाई सत्ता चाहिएको होइन, विगतमा भएका सम्झौता र सहमतिका आधारमा संविधान बन्नुपर्छ ।’ आफूहरुको सहमतिबिना संविधान बने सडक आन्दोलनमा जाने पूर्व अर्थमन्त्री समेत रहेका पुनले चेतावनी दिएका छन् । आफ्नो पार्टीको मूल एजेण्डा संविधान भएको उनको भनाई थियो ।
एमाओवादी केन्द्रीय सचिव पुनले अहिले देशमा सरकार परिवर्तनको चलखेल समेत सुरु भइसकेको खुलासा गरेका छन् । ‘देशका सक्तारुढ दलहरुले सार्क सम्मेलन भन्दा अगाडि नै सरकार परिर्वतनको चलखेल सुरु गरिसकेका थिए ।’ पुनले भने–‘सार्क पछि झन् सक्रिय भएर सरकार परिर्वतनमा लागेका छन् ।’
उनले अहिले नेकपा–माओवादीबाट छुटेर गएका विप्लब समुहको गतिविधले संविधिान नचाहने तत्वलाई फाइदा पुग्न सक्ने बताउंदै विप्लब समुहलाई पनि संविधान जारी हुने बेलासम्म धैर्य गर्न आग्रह गरेका छन् । साथै पूर्व अर्थमन्त्री पुनले वैद्य पक्षको माओवादी एकीकृतसंग मिल्ने दावी गरेका छन् ।

Post a Comment

 
Top