पोखरा उपमहानगरपालिकाको प्रमुख पर्यटकीय स्थलको रुपमा परिचित लेकसाइडमा मंगलबार बिहान घर भत्किंदा दुई जनाको मृत्यु भएको छ । पोखरा उमनपा वडा नं. ६ गौरीघाट बैदाममा पुरानो पक्की घर भत्काउने क्रममा घरको ठूलो भाग अचानक खस्न गइ सोही काममा संलग्न दुई मजदुरको मृत्यु भएको हो । स्थानीय बावुराम लामिछानेको पुरानो घर भत्काउनका लागि मजदूरको रुपमा कार्यरत पर्सा जिल्लाको महादेवपट्टी घर भएका ३५ वर्षीय हरिनन्द भण्डारी र ३० वर्षीय मनोहर दासको पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्कीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक केदार रजौरेले गोल्डेन न्यूज दैनिकलाई दिएको जानकारी अनुसार लामिछानेको पुरानो दुईतले पक्की घरको फलामे भ¥याङ काटेर विमलाई तान्न डोरी लगाउने क्रममा उक्त दुर्घटना भएको हो । त्यस घटनामा अन्य मजदुरहरु हरिरामसिंह, विष्णुप्रसाद सुवेदी र सुरज भण्डारी लगायतका केही घाइते भएकोमा उनीहरूको हत र खुट्टामा सामान्य चोट लागेको छ । घर भत्किएर पुरिएका दुईजनाको घटनास्थलमै मृत्यु भएपछि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीकान साथै स्थानीय सर्वसाधारणको प्रयासमा शव निकालिएको थियो । मृतकका परिवारलाई क्षतिपूर्ति दिने सम्बन्धमा भने अझैसम्म कुनै कुरा भएको छ । तर मजदूरहरुको रुपमा काम गर्दा उनीहरुले ज्यान गुमाउनु परेकाले क्षतिपूर्ति या मृतकका परिवारलाई केही राहत दिनुपर्ने भनाई मजदूरहरुको छ । मृतक दुवैको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रामघाटमा राखिएको छ । अन्य तीन जना भने भागेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । लामिछानेले पुरानो घरको पछाडि होटल प्रयोजनका लागि नयाँ भवन निर्माण गरिरहेकोले पुरानो घ'भत्काउन लागेका हुन् । यसैगरी तनहुँको शुक्ला गण्डकी नगरपालिका–१२ बगाले टोलमा सोमबार राति वर्षापछि आएको पहिरोले पुरिँदा एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा नरबहादुर श्रेष्ठकी १३ वर्षीया छोरी अमृता श्रेष्ठ रहेकी जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । भान्सामा खाना पकाउँदै गरेकी ती बालिकालाई घर माथिबाट आएको पहिरोले एक्कासि पुरेको थियो ।लेकसाइडमा घर भत्किंदा दुईको मृत्यु
पोखरा उपमहानगरपालिकाको प्रमुख पर्यटकीय स्थलको रुपमा परिचित लेकसाइडमा मंगलबार बिहान घर भत्किंदा दुई जनाको मृत्यु भएको छ । पोखरा उमनपा वडा नं. ६ गौरीघाट बैदाममा पुरानो पक्की घर भत्काउने क्रममा घरको ठूलो भाग अचानक खस्न गइ सोही काममा संलग्न दुई मजदुरको मृत्यु भएको हो । स्थानीय बावुराम लामिछानेको पुरानो घर भत्काउनका लागि मजदूरको रुपमा कार्यरत पर्सा जिल्लाको महादेवपट्टी घर भएका ३५ वर्षीय हरिनन्द भण्डारी र ३० वर्षीय मनोहर दासको पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्कीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक केदार रजौरेले गोल्डेन न्यूज दैनिकलाई दिएको जानकारी अनुसार लामिछानेको पुरानो दुईतले पक्की घरको फलामे भ¥याङ काटेर विमलाई तान्न डोरी लगाउने क्रममा उक्त दुर्घटना भएको हो । त्यस घटनामा अन्य मजदुरहरु हरिरामसिंह, विष्णुप्रसाद सुवेदी र सुरज भण्डारी लगायतका केही घाइते भएकोमा उनीहरूको हत र खुट्टामा सामान्य चोट लागेको छ । घर भत्किएर पुरिएका दुईजनाको घटनास्थलमै मृत्यु भएपछि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीकान साथै स्थानीय सर्वसाधारणको प्रयासमा शव निकालिएको थियो । मृतकका परिवारलाई क्षतिपूर्ति दिने सम्बन्धमा भने अझैसम्म कुनै कुरा भएको छ । तर मजदूरहरुको रुपमा काम गर्दा उनीहरुले ज्यान गुमाउनु परेकाले क्षतिपूर्ति या मृतकका परिवारलाई केही राहत दिनुपर्ने भनाई मजदूरहरुको छ । मृतक दुवैको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रामघाटमा राखिएको छ । अन्य तीन जना भने भागेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । लामिछानेले पुरानो घरको पछाडि होटल प्रयोजनका लागि नयाँ भवन निर्माण गरिरहेकोले पुरानो घ'भत्काउन लागेका हुन् । यसैगरी तनहुँको शुक्ला गण्डकी नगरपालिका–१२ बगाले टोलमा सोमबार राति वर्षापछि आएको पहिरोले पुरिँदा एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा नरबहादुर श्रेष्ठकी १३ वर्षीया छोरी अमृता श्रेष्ठ रहेकी जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । भान्सामा खाना पकाउँदै गरेकी ती बालिकालाई घर माथिबाट आएको पहिरोले एक्कासि पुरेको थियो ।
Post a Comment