पोखराकी अरुणा पराजुली ( तिमिल्सिना) ले भारतस्थित जवाहरलाल नेहरु कृषि विश्वविद्यालयको एग्रिकल्चर इकोनोमी एण्ड फार्म म्यानेज्मेण्ट विषयको स्नातकोत्तर तहमा प्रथम हुँदै दुई स्वर्ण पदक प्राप्त गरेकी छिन् । भारतको मध्यप्रदेश स्थित जबलपुरमा रहेको सो विश्वविद्यालयमा नेपाली चेलीले उच्च अंक ल्याएर दुई अवार्ड प्राप्त गरेको यो पहिलो उपलब्धी हो । विश्वविद्यालयको हालै सम्पन्न स्वर्ण महोत्सवको अवसरमा आयोजित समारोहमा अरुणालाई भारतीय राष्ट्रपति प्रणव मुखर्जीले उक्त पदक प्रदान गरेका थिए ।
उनले विश्वविद्यालय नै उच्च अंक ल्याए वापत डी.के. तिवारी स्वर्ण पदक र विभागमा प्रथम भएवापत जेएनकेभीभी स्वर्ण पदक पाएकी हुन । अरुणाले सन् २०१२÷०१३ मा आफ्नो विषयमा सर्वोत्कृष्ट ८६.७ प्रतिशत ल्याएवापत ती दुवै स्वर्ण पदक पाउन सफल भएकी हुन् । पोखराको २ मिरुवा स्थित खगेन्द्रराज र शान्ता पराजुलीकी सुपुत्री अरुणाले पोखराको विन्ध्यश्वरी आदर्श बोर्डिङबाट प्रवेशिका र गण्डकी बोर्डिङबाट विज्ञान विषयमा दश जोड दुई सकेकी थिइन् । त्यसपछि पूर्वाञ्चल विश्बविधायलयबाट सम्बद्धन प्राप्त काठमाण्डौको हिमालयन कलेज अफ एग्रीकल्चरल साईन्सस एण्ड टेक्नोलोगी (हिकास्ट) बाट सन् २०१० मा “कृषि अर्थशास्त्र र ब्यापार ब्यबस्थापन“बिषयमा स्नातकतह उत्तीर्ण गरेकी अरुणाले भारतीय दुताबासले प्रदान गर्ने “नेपाल ऐड फण्ड “नामक छात्रवृत्ति पाएर सन् २०११–१२ मा विश्वविद्यालयमा अध्ययनगर्न पुगेकी थिईन । त्यस वर्ष विश्वविद्यालयमा सो विषयमा अध्ययनका लागि छात्रवृत्ति पाउने उनीमात्र एक नेपाली विद्यार्थी थिईन । सानैदेखि मेहनति र लगनशील अरुणाले यो सम्पूर्ण नेपालीको लागि खुसीको विषय भएको र आफ्नो सफलताको श्रेय बुवाआमालाई दिन चाहन्छन् ।
स्वर्ण पदक ग्रहण कार्यक्रममा परिवारका सदस्यहरु सहित भारत पुगेकी अरुणाले भारतीय राष्ट्रपति प्रणव मुखर्जीबाट स्वर्णपदक प्राप्त गरेपछि भारतीय संचारमाध्यमले उक्त विषयलाई प्राथमिकताका साथ प्रसारण गरेका थिए । आफू नेपाली नागरिक भई भारतमा आएर विश्वविद्यालयको स्नातकोत्तर तहमा सर्वोत्कृष्ट हुनु र राष्ट्रपतिबाट स्वर्णपदक ग्रहण गर्दा नेपालको पहिचान दिन सफल भएको र यसबाट आफू र आप्mनो परिवार मात्र नभई सम्पूर्ण देश नै गौरवान्वित भएको ती संचारमाध्यमलाई उनले बताएकी थिइन् । नेपाल कृषिप्रधान देश भएको र देशको अर्थतन्त्रको ठूलो हिस्सा यसले ओगटे तापनि परम्परागत कृषि प्रणाली भएकाले कृषि बजारमा आधुनिकीकरणको आवश्यकता भएको जोड दिँदै आफू भविष्यमा कृषिको व्यवसायिकरणमा काम गर्ने उनी बताउँछिन् । गत वर्षको माघमामात्र उनको कास्कीको लेखनाथ–७ अर्घौ निवासी चार्टर्ड एकाउटेण्ट प्रकृतिराज तिमिल्सिना सँग वैवाहिक सम्बन्ध कायम भएको थियो । हाल उनी लि–वर्डअन्तर्गत हुम्लामा प्रोजेक्ट अफिसरको रुपमा कार्यरत छिन् ।
Post a Comment