0

पोखरा उपमहानगरपालिका वडा नं. १७ सेती पावरहाउस नजिकै फुर्सेखोलाको दाम्सीघाटमा पौडी खेल्दै गरेका दुई युवालाई प्रहरीले उद्धार गरेको छ । पौडी खेल्दै गरेका पोखरा–८ सृजनाचोक बस्ने २२ वर्षीया सन्तोष पौडेल र ३१ वर्षीय तीर्थराज आचार्यलाई प्रहरीले फुस्रेखोलाको बीचमा रहेको ढिस्कोबाट उद्धार गरेको हो । पौडी खेल्दै गर्दा उनीहरु तीव्र बहाव भएको फुस्रे खोलाको बीचमा खसेका थिए । फुस्रेखोलामा पौडी खेल्न जानेहरुमध्ये वर्षेनी त्यहाँ हुने दुर्घटनाका कारण मानवीय क्षति हुँदै आएको छ । यसैगरी कास्की प्रहरीले  कास्कीको धम्पुस गाविस ७ लेककुना र वडा नं. ९ खानी गाउँमा विभिन्न मानिसहरुको खेतवारी र पाखोबारीमा रहेको २ क्वीन्टल हरियो गाँजा स्थानीय हिमसिखर युवा क्लवसंग मिलेर फडानी गरेको जनाएको छ । यसैगरी लदेखनाथ नगरपालिका ८ देउराली खोलास्थित दुर्गाप्रसाद अधिकारीको घर अगाडि बारीमा फेला परेको करिब ७ किलोको लोपोन्मुख प्राणी गोहोरोलाई उद्धार गरी इलाका वन कार्यालय शिशुवामा बुझाएको जनाएको छ । 


Post a Comment

 
Top