0
तनहुँ, दुलेगौंडा बस्ने दुई युवा  मंगलबार राति खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन् । खुकुरी प्रहारबाट घाइते हुनेमा २२ वर्षे विकास गुरुङ र स्थानीय विनोद लामिछाने रहेका छन् । तनहुँ भीमाद दोभानबाट राति साढे आठ बजे घर फर्कदै गर्दा उनीहरूमाथि अकस्मात खुकुरी प्रहार भएको थियो । उनीहरू दुवैलाई पोखराको मणिपाल शिक्षण अस्पतालको सघन कक्षमा उपचार राखेर उपचार भैरहेको विकासकी आमा कौशिला गुरुङले बताइन् । यसैगरी कौशिला गुरुङले इलाका प्रहरी कार्यालयमा खैरेनीटारमा लोकतेटार बस्ने  भेषबहादुर खत्री, सागर थापा, डिलराज गुरुङ र कालु ठकुरीलाई किटानी जाहेरी दिएको चएपनि प्रहरी प्रशासन मौन रहेको आरोप लगाइन ।

Post a Comment

 
Top