
आर्थिक वर्ष २०८९÷८० सम्म विद्युत् आयोजनालाई १० वर्ष पूरै र थप पाँच वर्ष ५० प्रतिशत आयकर छुटको व्यवस्था, प्रसारण लाइन निर्माणका लागि जग्गा अधिग्रहणको समस्या समाधान गर्न अधिकार सम्पन्न संयन्त्र गठन, ढल्केबर–मुजप्फरपुर प्रसारणलाइन आगामी आर्थिक वर्षभित्रै पूरा गर्ने लक्ष्य, आगामी तीन वर्षभित्र प्रसारण लाइन पुग्ने सबै क्षेत्रमा बिजुली पु¥याउने, ग्रामीण विद्युतीकरणका लागि रु दुई अर्ब विनियोजन, लिखु जलविद्युत् आयोजना निर्माणका लागि प्राविधिक सामग्रीको आयातमा अनुदानको व्यवस्था हुनु बजेटका विशेषता हुन् । त्यस्तै विद्युत् उत्पादनका लागि रु १२ अर्ब ६२ करोड र प्रसारण लाइन निर्माणका लागि रु १३ अर्ब ३७ करोड विनियोजन गर्दै कृषिको आधुिनकीकरण, कृषि क्षेत्रको सग्रम विकासका लागि कृषि दशक घोषणा, मल बीउ तथा कृषि सामग्री आयातमा भन्सार छुट, तरकारी, फलफूलखेती, पशुपालनलगायत व्यवसायका लागि बाणिज्य बैंकले ६ प्रतिशतभन्दा बढी ब्याजदर लिन नपाउने व्यवस्था, कृषि ऋणमा किसानलाई ४ प्रतिशत अनुदान उपलब्ध गराउन रु एक अर्ब विनियोजन, चिया उद्योगको प्रोत्साहनका लागि उनीहरूले तिरेको करमा ५० प्रतिशत छुट र ढुवानीमा ५० प्रतिशत अनुदानको प्रबन्ध तथा रासायनिक मलका लागि रु पाँच अर्ब ४८ करोड विनियोजन हुनुलाई बजेटका विशेषता मान्न सकिन्छ । त्यस्तै जैवीकखेती गर्ने गाउँ विकास समितिलाई नियमित अनुदानमा थप २५ प्रतिशत वृद्धि, कृषक कार्डको व्यवस्था, खाद्य सुरक्षाका लागि सात हजार टन गुणस्तरीय बीउ उत्पादनका लागि रु १३ करोड विनियोजन, ४० भन्दा बढी सिटका गाडी आयातमा भन्सार छुट दिने घोषणा बजेटमार्फत भएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा कम्तिमा रु पाँच करोडको भौतिक पूर्वाधार आयोजना सञ्चाललको व्यवस्था मिलाउने, पत्रकारिताको व्यावसायिक प्रवद्र्धनका लागि सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना, आगामी आर्थिक वर्षमा विद्यार्थी कम भएका कम्तिमा २०० विद्यालयलाई गाभ्ने, संस्थागत विद्यालयले निजी साझेदारी अवधारणमा सञ्चालन गरेमा सामुदायिक विद्यालयसरह अनुदान दिइने भएको छ । ऊर्जाशील युवालाई स्वदेशमा नै सक्रिय गराउन राष्ट्रिय युवा परिषद् निर्माण, युथ भिजन २०२५ घोषणा,श्रमिक बैंक स्थापना, जोखिममा रहेका बालबालिकाको संरक्षण खोजतलासका निम्ति हटलाइन सञ्चालन, सामाजिक सुरक्षा सुनिश्चित गर्न सदनमा एकीकृत समाजिक सुरक्षा विधेयक प्रस्तुत गर्ने प्रतिबद्धता, स्थानीय निकायबाट जेष्ठ नागरिक दलित, एकल महिलालगायतलाई उपलब्ध गराइँदै आएको भत्ता वृद्धि तथा वृद्धहरूलाई वार्षिक रु दुई हजार उपचार खर्च उपलब्ध गराउने, मुटु, क्यान्सर, स्पाइनल इन्जुरी, मिर्गौला पीडितलाई विपन्न उपचार कोषबाट उपचार रकम उपलब्ध गराउने घोषणालाई बजेटका विशेषता मान्न सकिन्छ । रास
महिला आर्थिक सशक्तिकरण अभियान देशव्यापीरुपमा सञ्चालन
काठमाडौँ, २९ असार । सरकारले विभिन्न वर्ग र समुदायका महिलाहरूको आर्थिक स्रोत र साधनमा पहुँच बढाउन लक्षित महिला आर्थिक सशक्तिकरण अभियान देशव्यापी रुपमा सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०७१÷७२ को बजेट व्यवस्थापिका–संसदमा आज प्रस्तुत गर्दै अर्थमन्त्री डा रामशरण महतले महिला विरुद्वको हिंसालाई निरुसाहित गर्न र पीडितलाई न्याय दिलाउन सबै तहका अदातलमा द्रूत न्याय सेवाको थालनी गरिने जानकारी गराउनुभएको हो हिंसापीडित महिला तथा किशोरीलाई सुरक्षित र पुनःस्र्थापना गर्न राष्ट्रियस्तरको मङ्गला सहना पुनःस्थापना केन्द्रको स्थापना गरिने र वादी, मुक्त कमलरी, मुक्त कमैया, चेपाङ, राउटे तथा गन्धर्व समूहका किशोरी तथा महिलाका लागि रोजगारी कार्यक्रम सञ्चालन गरिनेछ । त्यसैगरी, सरकारले ज्येष्ठ नागरिकमा रहेका ज्ञान, सीप र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न र ज्येष्ठ नागरिकको एकाकीपनलाई सरल र रमणीय बनाउन दिवा सेवा केन्द्र तथा ज्येष्ठ नागरिक क्लवहरू निजी क्षेत्रको सहभागितामा विस्तार गर्ने र पशुपति क्षेत्रभित्रको वृद्वाश्रमलाई सुविधासम्पन्न बनाइने आगामी बजेटमा प्रस्तुत गरिएको छ । सरकारले अपाङ्गता भएका व्यक्तिका लागि समुदायमा आधारित पुनःस्थापना कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिने र नयाँ बन्ने शिक्षा र स्वास्थ्यका संरचनाहरू अपाङ्गमैत्री बनाइनेछ भनेर बजेटमा उल्लेख गरेको छ । त्यस्तै, सरकारले जोखिममा रहेका बालबालिकाको आपतकालीन सेवा र उद्वारका लागि बाल हेल्पलाइन १०९८ र बालबालिका खोजतलास केन्द्र १०४ प्रभावकारी रुपमा सञ्चालन गर्न दुवै संयन्त्रलाई विस्तार गरी साधन सम्पन्न बनाउने भएको छ । बजेटमा बालबालिका तथा किशोर किशोरीविरुद्ध हुने शोषण, दुव्र्यवहार तथा हिंसा नियन्त्रणका लागि विद्यमान दशवर्षे कार्ययोजनामा परिमार्जन गरी आवासीय बालगृहलाई मापदण्ड अनुकूल सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ । बाल बिज्याइमा परेका किशोर किशोरीका लागि सुधार गृहमार्फत शिक्षा, सीप प्रदान गरी स्वनिर्भर बन्न प्रोत्साहन गरिने उल्लेख छ । रासस
––––––––––
Post a Comment