नेपाल कराँते महासंघ, पृथ्वीनारायण क्याम्पस बगर डोजोमा मंगलवारदेखि अन्तर्राष्ट्रिय मार्सल आर्ट प्रशिक्षण शुरु भएको छ । कोमाता कोभार्स अन्तर्राष्ट्रिय मार्सल आर्ट प्रशिक्षण एशोसिएसनका आठौं डान अमेरिकन डे कोभेर प्रशिक्षक रहेको प्रशिक्षणको प्रमुख अतिथि सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीका बाहिनीपति डिआइजी नारायण बाबु थापाले उद्घाटन गरेका हुन् ।पृथ्वीनारायण क्याम्पसको छात्र विश्राम गृहमा शुरु भएको प्रशिक्षणको उद्घाटन गर्दै डिआइजी थापाले पोखरेली मार्सल आर्टका खेलाडीहरुले विदेशी प्रशिक्षकबाट प्रशिक्षणको अवसर पाउनु शौभाग्य भएको बताए । अहिले अमेरिकन आठौं डानका प्रशिक्षकबाट तालिमको अवसर प्राप्त गरे जस्तै आगामी दिनमा पनि विदेशी प्रशिक्षकहरुबाट बगर डोजोका प्रशिक्षणको अवसर पाउने विश्वास व्यक्त गरे ।प्रमुख प्रशिक्षक अमेरिकन डेभ कोभेरले सुन्दर शहर पोखरामा आएर यति धेरै खेलाडीहरुलाई प्रशिक्षण दिने अवसर पाउँदा आगामी दिनमा पनि प्रशिक्षणका लागि पोखरा आउने बताए ।
कार्यक्रममा प्रमुख अतिथि डिआइजी नारायणबाबु थापाले प्रमुख प्रशिक्षक अमेरिकन डे कोभेरलाई कदरपत्र सहित सम्मान गरेका थिए । डोजोका प्रमुख प्रशिक्षक फत्तबहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पश्चिमाञ्चल क्योकुशिन बुदोकाईका प्रमुख दीपक गोदार, कराँतेका अन्र्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षक सुष्मा गुरुङ, नारायण आचार्य, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यलय प्रमुख डेमबहादुर बस्नेत, लेखा प्रमुख प्रजापति दाहाल, एसओएस बाहिनीका अभिभावकको आतिथ्यता रहेको थियो भने कार्यक्रमको सञ्चालन अन्र्तराष्ट्रिय प्रशिक्षक दानबहादुर घिसिङले गरेका थिए । आठौं डान डे कोभेस र तेश्रो डान एलेक्स प्रशिक्षक रहेको दुइदिने प्रशिक्षणमा १२० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको छ ।

Post a Comment