गोल्डेन न्यूज संवाददाता
पोखरा २८ जेठ ।

अध्यक्षमा निर्वाचित भएपछि गोल्डेन न्यूज दैनिकसंगको संक्षिप्त कुराकानीमा उनले भने–‘मानिसले आफ्नो घर र देश छाडेपनि आफ्नो विचार र संस्कृति छोड्न सक्दैन । त्यसैले अमेरिकामा आएर पनि मैले नेपाली कांग्रेसको राजनीतिलाई अघि बढाउन जनसम्पर्क समितिको नेतृत्व लिएको हुँ ।’ समितिको उपाध्यक्षमा विनोद थापा, होम गौतम र चित्रबहादुर केसी, महासचिवमा विनिता भुजेल, सचिवमा सोमनाथ हुमागाइँ, कोषाध्यक्षमा संचिता थापा र सदस्यहरूमा शिवबहादुर बानियाँ, विदूर सापकोटा, प्रविण गौतम र दीपक पन्त रहेका छन् । अधिवेशनको उद्घाटन नेपाली नासम्पर्क समिति अमेरिकाका अध्यक्ष विष्णु सुवेदीले गरेका थिए । त्यस अवसरमा नेपाली कांग्रेसका महासमितिका सदस्यहरू आनन्द विष्ट, वेदप्रकाश खरेल, मिनबहादुर राना, मुनेन्द्र नेम्वाङ, विकास विष्ट, प्रमोद सिटौलाका साथै वंशलाल तामाङ, कृष्णप्रसाद पोखरेल, सानुबाबु सिलवाल, परमानन्द खनाल, यदजुराज गौतम लगायतले आ–आफ्नो भनाई राखेका थिए ।
Post a Comment