पोखरा, १२ असार । पुनरावेदन अदालत पोखराका न्यायाधीश युवराज सुवेदीले वौद्धिक सम्पत्ति संरक्षणका निम्ति नेपालमा छुट्टै अदालतको आवश्यकता भएको बताउनु भएको छ । उहाँले वौद्धिक सम्पति संरक्षणका निम्ति नेपालको विद्यमान कानूनी अवस्थामा पनि सुधार हुनुपर्नेमा जोड दिनुभएको छ । ‘अब नेपालमा वौद्धिक सम्पत्ति संरक्षण अदालतको आवश्यकता छ,’ उहाँले भन्नुभयो, ‘लामो समय लाग्ने हैन, आज गए पछि भोली नै निर्णय हुने अधिकार सम्पन्न अदालत चाहिन्छ ।’
पोखरा उद्योग बाणिज्य संघ तथा वौद्धिक सम्पति संरक्षण समाज नेपालको आयोजनामा विहीबार पोखरामा सम्पन्न आर्थिक सामाजिक तथा औद्योगिक विकासका लागि वौद्धिक सम्पत्तिको भूमिका विषयक छलफल कार्यक्रममा उहाँले नेपालको विद्यमान कानून पनि ब्यवहारिक रुपले वौद्धिक सम्पत्ति संरक्षणका लागि ब्यवहारिक नभएको उल्लेख गर्दै ब्यवसायीक संस्था, विश्वविद्यालय र सरकारी निकायहरुमा वौद्धिक सम्पत्ति संरक्षणका विषयमा वहस चलाउनुपर्नेमा जोड दिनुभयो । नेपालीहरुलाई ‘हीरामाथि सुतेका गरीब’को संज्ञा दिँदै देशमा भएका वौद्धिक सम्पत्तिको संरक्षणले मात्र नेपालको आर्थिक उन्नति हुने उहाँको भनाई थियो । उहाँले कानूनको अभावमा नक्कली सामान आउँदा वा नेपालीको वौद्धिक सम्पति हनन हुँदा पनि प्रशासनले केही गर्न नसक्ने र सो मुद्धा अदालतमा पनि नपुग्ने प्रष्ट पार्नुभयो ।
दिमागको सृजनालाई वौद्धिक सम्पत्ति भनिन्छ । वौद्धिक सम्पत्ति ब्यवसायीक कार्यमा प्रयोग हुन्छ । यो सम्पत्तिलाई टे«डमार्कको रुपमा बुझिन्छ । आधिकारिक निकायबाट जसले अधिकार पाएको हुन्छ, सोही संस्था वा व्यक्तिसँग मात्र सो टे«ेडमार्कको प्रतिलिपी(कपि राइट्स) हुन्छ । छपाई, प्रकाशन, सिनेमा, रेकर्डिङ, साहित्यिक, कलाकारिता, सांगीतिक, वैज्ञानिक, औद्योगिक उत्पादन लगायत सबै क्षेत्रमा सर्जकले उत्पादन गरेको सृजनाको कपी राइट्स हुन्छ । कुनै एक व्यक्ति वा संस्थाले प्राप्त गरेको सो अधिकार निश्चित समयको लागि अर्काले प्रयोग गर्न पाउँदैन । नेपालमा २०२२ मा टे«डमार्क ऐन र २०५९ सालमा प्रतिलिपी अधिकार ऐन आए पनि यसको व्यवहारिक पक्ष भने अझै कमजोर रहेको कार्यक्रमका वक्ताहरुले बताए । कार्यक्रम तथा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष संजिवबहादुर कोइरालाले वौद्धिक सम्पत्ति संरक्षणका लागि सरकारी तवरबाट विशेष योजना ल्याउनुपर्नेमा जोड दिनुभयो । वौद्धिक सम्पत्तिको क्षेत्रमा नेपालको सुस्त गतिले सबैभन्दा ठूलो मर्का निजी क्षेत्रले भोगेको उहाँको भनाई थियो । वौद्धिक सम्पत्ति संरक्षण समाज नेपालका अध्यक्ष भरतबहादुर थापाले भूमण्डलीकरणको युगमा वौद्धिक सम्पत्तिको संरक्षणमा सचेत नहुने हो भने नेपालको भन्ने केही बाँकी नरहनेमा सचेत रहनुपर्नेमा जोड दिनुभयो ।
कार्यपत्र प्रस्तोता तथा वौद्धिक सम्पति संरक्षण समाज नेपालका निर्देशक ऋषिकेश ढुंगेलले नेपालमा औद्योगिक सम्पत्तिको वर्तमान अवस्था तथा भावी कार्यदिशाबारे चर्चा गर्दै प्रचारप्रसारको अभावले पनि यसको प्रयोग हुन नसकेको बताउनुभयो । टे«डमार्क सम्बन्धि कानूनी उपचार र सजायबारे कार्यपत्र पेश गर्दै अधिवक्ता अञ्जु उप्रती ढकालले वौद्धिक सम्पत्ति संरक्षणका लागि नेपालमा भएका प्रयास र कानूनी उपचारबारे जानकारी गराउनुभयो । यसैगरी मूलुकको औद्योगिक, आर्थिक र सामाजिक विकासका लागि वौद्धिक सम्पत्तिको श्रृजना र संरक्षण अनि उपयोगबारे कार्यपत्र पेश गर्दै प्राध्यापक मधुसुधन पौडेलले विकसित देशहरुले वौद्धिक सम्पत्तिको सदुपयोगबाटै उन्नतिपथमा अगाडि बढेको दृष्टान्त पेश गर्नुभयो । पोखरा उद्योग बाणिज्य संघका महासचिव नारायण कोइरालाले संचालन गर्नुभएको कार्यक्रममा पूर्व न्यायाधिश करुणानिधी शर्मा,अधिवक्ता तथा पोखरा उद्योग बाणिज्य संघका कानूनी सल्लाहकार दामोदर अधिकारी लगायतले मन्तब्य राख्नुभएको थियो । वौद्धिक सम्पत्तिबारे सचेतना दिन आयोजित कार्यक्रममा कानून व्यवसायी, उद्योगी÷ब्यवसायीहरु तथा नागरिक समाजका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । सहभागिहरुले वौद्धिक सम्पत्ति अधिकार सुरक्षित नगरिँदा नेपाली उत्पादनहरुको पहिचान गुमेको, अनावश्यक झन्झट सहनु परेको तथा विकासको गतिमा पछाडि परेको गुनासो गरेका थिए । यसैगरी अन्तर्राष्ट्रिय बजार पहुँचको लागि पनि अब वौद्धिक सम्पत्ति संरक्षणबारे जानकारी राख्दै ट्रेडमार्क र प्रतिलिपी अधिकार लिनेतर्फ सबै सचेत बन्नुपर्ने विज्ञहरुले सुझाएका थिए ।

Post a Comment