0

खम्बासिंह गुरुङ्ग

हामी नेपाली, हामी सबै नेपालीहरुको साझा थलो नेपाल सरकार, नेपाल सरकारको चुनाव भएको महिनाले आठ महिना केही दिन बितिसक्दा पनि संविधान सभाले पूर्णता पाएको छैन । यो कस्को कमजोरी सबै दलले बुझ्न पर्ने कुरा, यस अर्थमा प्रधानमञ्त्री लाई कुर्चीमा बसायो तर मन्त्रालय गठनमा अप्ठ्यारो पारेको हुँदा केही समय उतै बित्यो, यता सम्झाउँदा उता सम्झाउँदा बल्ल सरकार गठन भयो । सरकार गठन भए पश्चात प्रधानमन्त्री पनि कहिले कार्यक्रम कहिले कहिले विदेशी कुटनीतिक संग भेटघाट कहिले स्वयं बिरामी । यसकारण समय पनि पाउन सकिरहेको छैन । हालमा बिरामी भएर स्वास्थ्य उपचारको लागी विदेश जानुपर्ने । यो धेरैै बिड्म्बनाको कुरो । मन्त्रीहरु तथा सभासदहरुले बाँड्ने रकम दशलाख माथि अरु थप रकमको माग गरिएको छ । के यसले फाईदा गर्छ या गर्दैन पहिला सोचेर माग गर्नुपर्छ । कार्यकर्ताहरु कसरी चलेका छन्, नेताहरुलाई थाहा हुदैन आफ्नो भत्ता बढाउनु र बढी रकम माग गरेर मोजमस्ती गर्नपाएमा नेताले केहि सोचेको हँुदैन । मैले केहि विरोघ गरेको होईन मेरो भन्नुको मतलब पैसा दुरुपयोग नहोस कसैको भनाई खान नपरोस सभासदहरु सक्षम भएर नै हामीले चुनाव गरी जिताएर पठाएको हो । तपाईहरु जुनसुकै पार्टीको भएपनि सबै सक्षम हुनुहुन्छ । सक्षम व्यक्तिले असक्षम काम गर्नुहुँदैन । यर्साथ २६ जना सभासद मनोनित गर्ने विषयमा म पनि यो देशको एक स्वाभिमानी कार्यकर्ताको हिसाबले सुझाव नदिइ रहन सक्दिन । साथिहरुले यसो उसो नलिईकन पुर्व पार्टीका सभापति कर्मठ र ईमान्दार जुनसुकै पार्टीका नेता जो कोहि पनि होला । सबै जात जाति वुद्धिजीविहरु लाई समावेश गरी तेरो मेरो नभनि मनोनित गर्नुपर्छ । सो भएमा कसैले भन्ने ठाउँ रहने छैन । यो मेरो हो प्रधानमन्त्री लगायत सबै पार्टीका शीर्ष नेताहरुसंग आग्रह छ । नेताहरु घुम्ने कुर्चीमा पुगेपछि सबैलाई भुल्छ । यि नेताहरुको कमजोरी पक्ष छ । नेताहरुको भाषणमा अनेक थरी कुरा मिलाउछ, व्यवहारमा १००% मा १% पनि पाउन गाह्रो छ । भाषण र राशन मिल्न अति नै जरुरी छ । अतः जुनसुकै पार्टीका शीर्ष नेता तथा नेता हुन तपाईहरुले राम्रो गरे पार्टी, देश, संगठन राम्रो बन्छ । तपाई खाली भाषण मात्र गरेको खण्डमा तपाई स्वंय सकिने छ,  पार्टी, देश, संगठन पनि कमजोर हुन्छ । अस्तु विगत तथा पहिला संविधान सभामा के–के कुरा निर्णय गरियो र अनुमोदन भयो । अबको संविधान सभाले के–के गर्ने तरुन्त कार्यक्रम कार्यान्वयन गराउने ठूलो दलको हैसियतले ठूला पार्टीले साना दललाई समेट्नु अति नै आवश्यक छ तथा जान्नुपर्छ । मेरो गोरुको बाह्रै टक्का नभनि कोहि ठूलो दलले नभनु । यसर्थमा साना दलले पनि ठूलो दलको राम्रो कामलाई  स्वीकार्नुपर्छ । आफ्नो दलको एक सिट पनि नहुनु त्यसै उफ्रेर हँुदैन यसमा आफै पतन हुन्छ । सो बुझ्नु पर्ने कुरा अति आवश्यक छ । अन्तमा भाषण भन्दा काममा बढी ध्यान दिनुलाई सबै दलका नेताहरुलाई मेरो सुझाव छ । संविधान सभामा जो मनोनित गर्नुपर्ने २६ जना सभासदलाई मनोनित गर्ने विषयमा प्रधानमन्त्रीको यथाशीघ्र स्वनस्थ्य लाभको कामना गर्दै प्रधानमंत्रीको आगमन हुने बित्तिकै मनोनित कार्यको कार्यान्वयन होस भनि आग्रह गर्दछु । कोहि पार्टीबाट पनि ढिलै हुने काम नगरियोस देश विकासको लागि नेताहरुले आफ्नो मात्र एैना नहेरिकन अरुलाई पनि हेर्नुपर्छ । सो सबै कुरा बुझ्न अति नै आवश्यक छ । संविधान निर्माण शान्ति प्रक्रिया देश विकासको साथ साथै स्थानिय निर्वाचनको भाषणमा मात्र नभई यथाशीघ्र व्यवहरमा लानुलाई आग्रह सहित अनुरोध छ ।
(लेखक ः माछापुच्छ«े गा.वि.स.का पूर्व कार्यबाहक अध्यक्ष हुन् ।)

Post a Comment

 
Top