0


    काठमाडौँ, १५ जेठ । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले परिमार्जित सञ्चार नीति ल्याउने तयारी भइरहेको बताउनुभएको छ सञ्चारिका समूहद्वारा आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा मन्त्री रिजालले सञ्चार नीतिको मस्यौदाका लागि सरोकारवालासँग छलफल भइरहेको जानकारी दिनुभयो । सञ्चारमाध्यममा महिला पत्रकारहरूको पेसागत सुरक्षाका लागि नीतिगत सुधार गर्न आफू सकारात्मक रहेको भन्दै उहाँले त्यसमा आवश्यक सुझाव दिन आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले पेसागत सुरक्षा नहुँदा महिला पत्रकारहरू पलायन हुने स्थितिमा पुगेको भन्दै महिला पत्रकारका समस्या सम्बोधन गर्ने नीति ल्याउनुपर्नेमा जोड दिनुभयो ।महासङ्घका उपाध्यक्ष अनिता बिन्दु, क्रियाशील पत्रकार महिलाका अध्यक्ष शुभेच्छाबिन्दु तुलाधर, नेपाल प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की, नेपाल टेलिभिजनका महाप्रबन्धक लक्ष्मण हुमागाईलगायतले सञ्चारमाध्यममा महिलाको गुणात्मक तथा सङ्ख्यात्मक वृद्धिका साथै नीति निर्माण तहमा समेत महिलाको पहुँच हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा घटना र विचार साप्ताहिकका सम्पादक बबिता बस्नेतले ‘पत्रकार सुरक्षाःअन्तर्राष्ट्रिय पहल र राष्ट्रिय परिवेश’ विषयक कार्यपत्र प्रस्तुत गर्दै सरोकार पक्षले पत्रकारको सुरक्षालाई आफ्नो दायित्वका रुपमा लिने वातावरण बन्नुपर्ने बताउनुभयो ।कार्यक्रममा उपत्यका तथा बाहिरी जिल्लामा महिला पत्रकारले आफूमाथि भएको विभिन्न हिंसाका अनुभव सुनाएका थिए । रासस

Post a Comment

 
Top