0

पोखरामा जारी ३७ औं जुनियर राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । आर्मीले तीन स्वर्ण, चार रजत र तीन कास्यपदक प्राप्त ग¥यो। यस्तै द्वितीय बनेको एपीएफ क्लबले एक स्वर्ण तथा तृतीय बनेको कञ्चनपुरले तीन कास्यपदक प्राप्त ग¥यो । आर्मीकी मेघा चन्दले दोहोरो स्वर्ण हात पारिन् । उनले यु–१५ ग्लर्स र यु–१७ गल्र्सतर्फ स्वर्णपदक प्राप्त गरेकी हुन् भने दोहोरो रजतपदक प्राप्त गर्नेमा पनि आर्मीकै जेसिका गुरुङ परिन् । बुधबार सम्पन्न यु–१५ गल्र्सतर्फको फाइनलमा त्रिभुवन आर्मीका मेघा चन्दले आर्मीका जेसिका गुरुङलाई २–१ को सेटमा पन्छाइन् । पहिलो सेट २१–१२ ले आफ्नो पक्षमा पारेकी मेघा दोस्रो सेट १७–१७ ले जेसिकालाई सुम्पिइन् भने तेस्रो सेटमा उत्कृष्ट कम्व्याक गर्दै २१–१७ ले हराउँदै मेघाले स्वर्णपदक जितिन् । सो इभेन्टमा कञ्चनपुरका रञ्जना भट्ट आर्मीका सुनैना मुखियाले कास्यपदक प्राप्त गरे । यु–१७ गल्र्सतर्फको फाइनलमा पनि आर्मीकै मेघा र जेसिका दुवैजना भिडेकोमा मेघा चन्दले नै २–१ को सेटमा बाजी मारिन् । २३–२१ ले पहिलो सेट हात पारेकी जेसिका त्यसपछि कमजोर प्रदर्शनका कारण दोस्रो र तेस्रो सेटमा कमजोर प्रदर्श गर्दै १२–२१ र १७–२१ ले मेघालाई सुम्पिइन् । सो खेलमा कञ्चनपुरका रञ्जना भट्ट र कास्कीकी पुष्पा चौधरीले कास्यपदक प्राप्त गरे । यु–१५ ब्वाइज सिङ्गल्सतर्फको फाइनलमा त्रिभुवन आर्मी क्लबका रुकेश महर्जनले लाई आर्मीकै प्रफुल्ल महर्जनलाई २३–२१ र २१–१७ को सोझो सेटमा पराजित गर्दै स्वर्णपदक हात पारे । यु–१७ ब्वाइज सिङ्गल्सतर्फको उपाधि एपीएफका निरविक्रम देवकोटाले चुमे। फाइनलमा उनले आर्मीका नवीन श्रेष्ठको चुनौतीन २३–२१ र २२–२० को सोझो सेटमा पन्छाउन सफल भए। सो खेलमा आर्मीकै विशाल तामाङ र रुकेश महर्जनले कास्यपदक प्राप्त गरे ।
भेट्रान्स प्रतियोगितामा ४५ वर्षमाथि काठमाडौंका सुवास श्रेष्ठ र भूमिबहादुर गुरुङको जोडीले स्वर्णपदक हात पार्न सफल भयो। फाइनलमा यो जोडीले बागलुङका निर्माण श्रेष्ठ र पूर्ण बुढाथोकीको जोडीलाई २१–१८ र २१–१६ को सोझो सेटमा पराजित ग¥यो ।
५५ वर्षमाथि कास्कीका जयराम हमाल र रुद्र घलेको जोडीले स्वर्णपदक हात पा¥यो । फाइनलमा यो जोडीले कास्कीकै रामजी बास्तोला र विष्णुकुमार श्रेष्ठको जोडीको चुनौती २१–१९ र २३–२१ को सोझो सेटमा पन्छायो ।
प्रतियोगितामा विजेता तथा उपविजेता खेलाडीलाई प्रमुख अतिथि नेपाल ओलम्पिक कमिटीका महासचिव जीवनराम श्रेष्ठ, नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रमेशकुमार श्रेष्ठ, महासचिव रामजीबहादुर श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य राजेशकुमार गुरुङ, हिमालय ब्याडमिन्टन क्लबका अध्यक्ष कुमार मोहनबहादुर शाही, नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष तेजबहादुर गुरुङ, नेपाल निर्माण व्यवसायी महासङ्घका सदस्य ओम गौचन, कास्की जिल्ला अध्यक्ष ऋषिराम गौतम, कास्की जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष डम्मरसिंह गुरुङलगायतले पुरस्कार प्रदान गरेका थिए ।

Post a Comment

 
Top