0



गोल्डेन न्यूज संवादद
पोखरा १२ बैशाख
प्रजातन्त्रका सेनानी शहिद हरि प्रसाद गुरुङ को ९८ औँ स्मृती दिवसको अवसरमा पोखरामा माल्यार्पण एवं प्रवचन कार्यक्रमको आयोजना गरियो । विं.स. २०१८ साल माघ १८ गते तत्कालिन पञ्चायती सासकका  विरुद्ध लड्दा तत्कालिन सरकारले चितवनको भरतपुरमा गुरुङलाई जिउदै गाँडेर मारेका थियो ।  स्वर्र्गीय गुरुङको स्मृतिमा शहिद हरि प्रसाद गुरुङ स्मृति प्रतिष्ठानले शुक्रबार उनको शालिक रहेको ठाउँ पोखरा बाग्लुङ्ग राजमार्गको हरिचोकमा स्मृति दिवस मनाएको हो । स्मृति सभालाईं सम्बोधन गर्दै नेपाली कांग्रेसका पुर्व महामन्त्री तथा पुर्वसभामुख तारानाथ रानाभाटले शहिदको बाटो अवलम्बन गर्न सके मात्र शहिदको सपना पुरा हुने बताए । उनले शहिद हरि प्रसाद जस्ता योद्धाहरुले पञ्चायतका विरुद्ध लडेका कारण नै जनताले लोकतन्त्रको आभास गर्न पाएको भन्दै विभिन्न खाले युद्ध देखि, पछिल्लो जनआन्दोलनले शहिदहरुको सपना साकार पार्ने र सुन्दर नेपाल बनाउने लक्ष्य राखेको स्पष्ट पारे रानाभाटले बर्तमानमा देखिएको अन्यौलता केही समय पछि हटेर जाने बिश्वास ब्यक्त गर्दै शुशिल कोइराला नेतृत्वको बर्तमान सरकारले नै समयमा नै संबिधान जारी गर्ने विश्वास प्रकट गरे । कार्यक्रममा नेपाली कांग्रेस कास्कीका कार्यवाहक सभापति विष्णु बास्तोलाले शहिदको सपना साकार गर्नका लागी आ–आफनो ठाउंबाट इमान्दार भएर लाग्नुपर्नेमा जोड दिए । नेपाली काँग्रेस कास्कीका पुर्व सह–सभापति शोभियत बहादुर अधिकारीले लोकतन्त्रको संस्थागत बिकास गर्नका लागी केही समय धैर्य गर्नुपर्ने बताए ।
 कांग्रेस नेता खेमराज पौडेलले शहिद हरि पं्रसाद गुरुङले दिएको योगदानको सरकारबाट उचित कदर हुन नसकेको भन्दै गुनासो गरे। कार्यक्रममा पार्टीका  जिल्ला सचिव द्वय कृष्ण केसि र युवराज कुँवरले शहिद गुरुङले पार्टी र देशका निमित्त गरेका योगदानको  स्मरण गरे ।
 प्रतिष्ठानका अध्यक्ष सम बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय प्रचार बिभाग सदस्य राजबहादुर गुरुङ, काँग्रेसका कास्की क्षेत्र नम्बर ४ का सभापति आइ बहादुर गुरुङ नेपाल महिला संघ कास्कीका अध्यक्ष तारा अधिकारी, नेपाल तरुण दल कास्कीका अध्यक्ष ऋषि काफ्ले, नेता टंक नाथ पौडेल, आश बहादुर गुरुङ, प्रतिष्ठानका सचिव टीका प्रसाद गुरुङ लगायतले शहिद गुरुङले दिएको योगदानका बारेमा चर्चा गरेका थिए ।स्वर्गीय गुरुङलाई विं.स. ०४६ सालको जनआन्दोलन पश्चात बहुलदल आए पछि गठित नेपाली कांग्रेस नेतृत्वको सरकारले शहिद घोषणा गरेको थियो । तत्कालिन पञ्चायत सरकारले गुरुङ सहित अन्य तिन जनालाई जिउदै गाडेको थियो

Post a Comment

 
Top